coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिएनएन सुपर हिरोमा बस्नेत मनोनीत

काठमाडौँ-अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएकी हुन्।

सिएनएन हिरो बनाउन आज र भोलि (आइतबार) cnnhero.com  मा गएर मत दिन सकिने काठमाडौँमा मत अभियान चलाइरहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले बताए। नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । रासस

प्रकाशित: २५ मंसिर २०७३ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App