उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

मङ्गलबार, १० मङि्सर २०७६, ११ : ०१ नागरिक

काठमाडाैँ – एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन्।

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन्।

सबैभन्दा बढी सङ्क्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुषको मृत्यु भइसकेको छ।

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका  सूचना अधिकारी जनक चन्दले बताए।

उनले भने, “अभिलेखअनुसार ९६ एचआइभी सङ्क्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन्। सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ।”

जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको  छ। यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन्।

सङ्क्रमितका छोराछोरीसमेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको एचआइभी सङ्क्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताए। उनका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन्।

जिल्लामा सङ्क्रमितमध्ये  ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बताए। डडेल्धुरा सदरमुकामा रहको एआरटी  सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन्। त्यसमध्ये आठ बालबालिका छन्।

अझै २०० भन्दा बढी सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उनले बताए। पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन। सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका सङ्क्रमितलाई सदरमुकाम आउनमा समस्या थियो।

नवदुर्गा गाउँपालिका–५ चामाका एचआइभी सङ्क्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन्। सङ्क्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरुका बालबापिलका समाजबाट ििवस्थापित भएका थिए। ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए।

कार्यक्रम अधिकृत ऐरले भने “समाजले भेदभाव गर्ने गरेका कारण सङ्क्रमित फेरि गाउँ छाडेर भारत फर्कने र समस्या लुकाएर राख्ने गरेका छन्। डडेल्धुरा जिल्ला अस्पतालमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिका सङ्क्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन।”

सरकारले एचआइभी सङ्क्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad