८ वैशाख २०८१ शनिबार
समाज

एक दिवसीय ‘किष्ट फेयर २०७३’ सम्पन्न

काठमाडौं- किष्ट कलेजको आयोजनामा विज्ञान, प्रविधि र व्यवस्थापनसम्बन्धी एक दिवसीय ‘किस्ट फेयर २०७३’ सम्पन्न भएको छ । किष्ट कलेजको आयोजनामा भएको उक्त फेयर कलेज परिसर कमलपोखरीमा सम्पन्न भएको हो । उक्त फेयरको उद्धघाट्न भने नास्टका उपकुलपति प्रा.डा. ई. जिवराज पोखरेलले गरेका थिए । ६० भन्दा बढि स्टलहरु रहेको उक्त फेयरमा काठमाडौं उपत्यकामा रहेका १२ वटा कलेज र १५ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

त्यस्तै मेलामा ईन्टर कलेजहरुको पनि सहभागिता रहेको छ । मेलाको उद्धघाट्न गर्दै नाष्टका उपकुलपति प्रा.डा.पोखरेलले यस्तो फेयरले नेपालको शैक्षिक क्षेत्रलाई प्रयोगात्मक रुपमा अघि बढाउने अभिप्रेरणा मिल्ने बताए । उनले हिन्दू संस्कारमा पनि ब्रम्हा, विष्णु र महेश्वरको त्रिमूर्ति भएझैं यो फेयरमा पनि विज्ञान, प्रविधि र व्यवस्थापनको त्रिमूर्ति देखिएको भन्दै आगामी दिनमा यो महत्वपूर्ण विद्याको रुपमा अघि बढ्ने बताए । उनले मुलुकको उन्नती र प्रगतिको लागि पनि विज्ञान र प्रविधिको ठूलो हात रहने भन्दै यसको विकासमा सबैले जोड दिनुपर्ने बताए ।

उनले थपे,‘किस्ट कलेजले यो धेरै राम्रो काम गरेको छ, पहिलादेखि नै गर्दै आएको छ भनेको सुनेको थिएँ, त्यही भएर आज म आँफै आएको हुँ ।’ उनले छिमेकी देश चीनले विज्ञान तथा प्रविधिको महत्वलाई आत्मसात् गर्दा आज ठूलो प्रगति गरेको उल्लेख गर्दै त्यसबाट पनि नेपालले सिक्नुपर्ने सुझाव अघि सारे । उनले अघि थपे,‘साँच्चै भन्नुहुन्छ भने विज्ञान रुख हो, भने प्रविधि चाहीँ फल हो, यसमा अब व्यवस्थापनको त झनै ठूलो महत्व हुने भयो ।

’ उनले सन् १८५१ मा पहिलोपटक क्रिस्टल प्यालेस नामक प्रर्दशन भएको बताउँदै त्यसैको सिकाई गर्दै आज विश्वभरि नै प्रर्दशनहरु भैरहेका जानकारी दिए । फेयरबारे जानकारी दिँदै किष्ट कलेजका कार्यकारी प्रमुख ईन्द्र प्रसाद सुवेदीले आफूहरु विद्यार्थीहरुलाई ज्ञान, सिप र बाहिरी कृयाकलापहरुमा पनि जोड दिँदै आएको जानकारी दिँदै भने,‘हामी निरन्तर रुपमा यही उद्देश्यमा लागिपरिरहेका छौं ।’

उनका अनुसार मेलामा ईन्टर कलेज साईन्स एण्ड टेक्नोलोजी प्रोजेक्टस् कम्पिटिशन, ईन्टर कलेज आईटी प्रोजेक्टस् कम्पिटिसिन, ईन्टर कलेज म्यानेजमेन्ट प्रोजेक्टस् कम्पिटिसन, किष्ट ईमाजिनरिङ् कम्पिटिसिन, ईन्टर कलेज साईन्स एण्ड टेक्नोलोजी प्राजेक्टस् कम्पिटिसिन र ईन्टर स्कूल आर्ट एण्ड क्राफ्ट कम्पिटिसिन लगायतका कार्यक्रमहरु समावेश छन् ।

प्रकाशित: २५ मंसिर २०७३ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App