coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन महिना देखि ईलाका प्रशासन बन्द

जुम्ला–इलाका प्रशासन कार्यालय नराकोट तीन महिनादेखि बन्द छ। कर्मचारी इलाका प्रशासन कार्यालयमा जान नमानेपछि कार्यालय बन्द भएको हो । कार्यालय बन्द हुँदा सेवाग्राही आउँदै फर्कँदै गर्ने गरेका छन्। इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालको काज फिर्तासँगै इलाका प्रशासन कार्यालय खुलेको छैन्। इलाका प्रशासन बन्द हुँदा सेवाग्राही मर्कामा छन्। सामान्य सिफारिसदेखि नागरिकता बनाउन सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छैन्।

कार्यालय बन्द भएपछि पटक पटक कर्मचारी खटाएर कार्यालय सञ्चालन गर्न स्थानीयले अनुरोध गर्दै आएका छन्। प्रशासन कार्यालयमा धर्ना दिने र कर्मचारी माग्ने काम भइरहेको स्थानप्य रतन शाही बताउँछन् । उनले भने, ‘तीन महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुख विहीन हुँदा    जनताको काम हुन सकेको छैन। जनताको काम नहुने कार्यालय रहनु र नरहनुको कुनै अर्थ छैन्।’

शाहीले असोज ६ गतेदेखि कार्यालय ताला लगाएर सवै कर्मचारी सदरमुकाम आएकाले समस्य भएको बताए।  अहिले नराकोट इलाका प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालयको एक कुनाबाट चलिरहेको छ। प्रशासन कार्यालयमा एक कोठा इलाका प्रशासन कार्यालयको कामकाज गर्ने गरी जोहो गरिएको प्रुमख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार ईलाका प्रशासन कार्यालयमा गएर काम गर्न कर्मचारी मान्दैनन्। कर्मचारी खटाउने कयौं पटक प्रयत्न भएपनि पठाउन नसकिएको उनले स्वीकारे।

सिजाका ११ वटा गाविसका जनतालाई प्रशासनिक कामकाज सहज होस भन्नका लागि ईलाका प्रशासन कार्यालय स्थापना भएको थियो । अहिले दिनहु  तत्काल सेवा सुचारु गर्न माग गर्दै प्रशासन कार्यालयमा स्थानीय धर्ना दिँदै आएका छन्।  लामो समयसम्म कर्मचारी जिल्ला प्रशासन कार्यालयले पठाउन नसकेकोले ईलाका प्रशासन कार्यालयका सबै कागजपत्रसहित कर्मचारी प्रशासन कार्यालयमा फिर्ता भईसकेका छन्। भाडामा लिइएको भवन बाहेक इलाका प्रशासन कार्यालयको कुनै पनि चिन्ह छैन्। एक कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर मात्रै कार्यालयमा थिए । अहिले सवै कर्मचारी प्रशासन कार्यालय जुम्लामा आएर काम गरिरहेका छन्।  
 

प्रकाशित: २५ मंसिर २०७३ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App