coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तिवारीले तोडे अनशन, एक महिनाभित्र सबै माग पूरा गर्ने मन्त्रीको बाचा

अस्पतालमा भर्ना एक बालिकाबाट जुस खाएर आनशन तोड्दै गजेन्द्रवादी नेता विकास तिवारी। तस्बिरः जितेन्द्रकुमार झा

राजविराज– अस्पताल सुधारको मागसहित १८ दिनदेखि आमरण अनशनमा रहेका नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले शनिवार आनशन तोडेका छन्।

राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आनशनरत तिवारीका मागहरु जायज भएको भन्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रतिवद्धता व्यक्त गरेपछि तिवारीले अनशन तोडेका हुन् । अस्पतालसँगै रहेको पोषण पुर्नस्थापना गृहमा उपचार गराइरहेकी बालिका निलमकुमारी महतोबाट जुस पिएर तिवारीले १८ दिन लामो अनशनको अन्त्य गरेका हुन्।

स्वास्थ्य मन्त्री थापाको उपस्थितीमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल र अनशनकारी तिवारीका तर्फबाट रहेका पाँच सदस्यीय वार्ता टोलीबीच ४ बुँदे सहमति भएपछि आनशन तोडिएको हो।

तिवारीका तर्फबाट अधिवक्ता अशोककुमार चौधरी, वरिष्ठ पत्रकार विष्णुकुमार मण्डल, सदभावना पार्टीका केन्द्रीय नेता दिपेन्द्र चौधरी र तिवारीका निकटस्थ मानिने जागेश्वर यादव र कुबेरकुमार यादव रहेका थिए।

सम्झौतामा के छ ?  

दुवै पक्षबीच भएको सम्झौतामा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले प्रवाह गर्नुपर्ने सेवाहरु अनियमित, अनुत्तरदायी तथा गुणस्तरहीन रहेको तथ्य आफूहरुले महसुस गरेको भनी उल्लेखित गरिएको छ। तिवारीले उठाएका मागहरु मध्ये मन्त्रालयले जिम्मेवार निकायको लापरवाहीका कारण अलपत्र अवस्थामा रहेको प्रसुति गृह निर्माण कार्य १५ दिनभित्र सुचारु गराउने, अञ्चल अस्पतालमा बाल रोग, मुटुरोग विषेशज्ञलगायत जम्मै विषयका विषेशज्ञ चिकित्कहरुको परिपूर्ति १ महिना भित्र गरिने उल्लेख रहेको छ।

यसैगरी अस्पतालका लागि खरिद गर्नुपर्ने डायलासिस, सर्जरीका उपकरण, डिजिटल एक्सरे, एनालाइजरलगायतका सामग्रीहरु मन्त्रालयबाट सहजीकरण गरी अबिलम्ब खरिद गरी सेवाग्राहीलाई सुधारको अनुभूतिसहितको सेवा प्रवाह गरिने, तिवारीले उठाएका आर्थिक वर्ष ०७२÷०७३को विकास र साधारण शीर्षकको बजेट तथा जिन्सी सामग्रीहरुको विवरण सूचना उपलब्ध गराउने माग सम्बन्धमा ७ दिन भित्र कार्यान्वयन गराउने सम्झौता पत्रमा उल्लेख छ।

यसैगरी अस्पतालमा भएको अनियमितता भ्रष्टाचारलगायत अस्पताल स्तरोन्नती र विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मनत्रालयअन्तर्गतका विषेशज्ञको अध्यक्षतामा उच्चस्तरीय छानविन समिति ७ दिनभित्र गठन गरी छानविन प्रक्रिया थालिनेसमेत सम्झौता भएको छ।

त्यस्तै स्थानीय स्तरमा अस्पतालको सरसफाई, बेड, विरामीको खाना, नास्ता, फलफूल, कर्मचारीको उपस्थिति, विरामीले पाउने औषधि तथा अन्य सेवाको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको टोलीले ७ दिनमा एक पटक अनुगमन गर्ने व्यवस्था मिलाउने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ।

अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउन अस्पतालले दिने सेवा सुविधाबारे अस्पताल परिसरभित्र कम्तीमा ५ वटा नागरिक वडा पत्र राख्नुपर्ने, तथा यस सम्बन्धी नियमित सूचना स्थानीय सञ्चार माध्यमवाट समेत प्रवाह गराउनु पर्ने लगायतका सम्झौतामा उल्लेख छ।

 

प्रकाशित: २५ मंसिर २०७३ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App