१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिमी वायुका कारण चिसो हवात्तै बढ्न सम्भावना

काठमाडौं – आइतबारदेखि मधुरो घाम लागेर चिसोको महसुस भइरहेको बेला चिसो अझै बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनयता उपत्यकालगायत देशभर चिसो बढेको छ।

पश्चिमी वायुका कारण मंगलबारदेखि उपत्यकामा चिसो अझै बढ्न सक्ने र सुदूरपश्चिम क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ। मौसमविद् विभूति पोख्रेलले सोमबार देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहेको बताइन्। ‘मंगलबार देशको पश्चिमी पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘पश्चिमी हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।’

प्रकाशित: १० मंसिर २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App