१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकासले जनताको खुसी सम्बोधन गर्नुपर्छ : नेपाल

काठमाडौ – पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष माधव कुमार नेपालले विकासले मानिसको खुसी सम्बोधन गर्नुपर्ने बताएका छन्। सोमबार इन्टरनेसनल बाल्कन युनिभर्सिटीका विद्यार्थीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विभिन्न २० मुलुकका चार सयभन्दा बढी विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वको भविष्यलाई कसरी सुरक्षित र सुनिश्चित बनाउन सकिन्छ भन्नेबारे धारणा व्यक्त गरेका थिए। ‘म स्मार्ट र हरित विश्वको पक्षमा छु,’ उनले भने।

नेता नेपालले हरित प्रकृति रक्षाका लागि वातावरण अनुकूल प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले हरित प्रकृतिको संरक्षणबाटमात्र विश्वका मानिसको भविष्य सुनिश्चित र सुरक्षित हुने बताए। उनले हरित प्रकृतिको संरक्षण गर्दै स्वास्थ्य, शिक्षा, सांस्कृतिक विकासको समेत समावेशसहितको उत्पादन, वितरण, र त्यसको उपयोग सहितको ज्ञानमा आधारित अर्थव्यवस्थामामा जोड दिए। ‘हामी सबैको चाहाना सुरक्षित,दीगो, खुसी र समृद्ध भविष्य हो,’ उनले भने।

विकासबारे हरेक मुलुकका आफ्नै बुझाई र महŒवकांक्षा रहेको बताउँदै उनले भने, ‘मेरो बुझाइमा विकासका क्रममा ठूला पूर्वाधार निर्माण मात्र भएका छैनन्, यसले ठूलो सामाजिक समस्यापनि निम्त्याइरहेको छ।’ उनले अगाडि भने, ‘विकास मुख्य गरी मानिसको आवश्यकता र अपेक्षाको महसुसका आधारमा हुनुपर्छ, जसले हामीलार्ई भौतिक र भावनात्मक खुसी दिन सकोस्।’ विकासले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने र व्यक्तिको जीवनशैलीमा पनि परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो।

‘यस्तो किसिमको विकासले मात्र समाजमा खुसी ल्याउन सक्छ। यसर्थ विकासको केन्द्रबिन्दु जनता आफै हुन्,’ उनले भने। सुरुमा विकसित र विकाससिल मुलुका मानिस यो कुरा महसुस गर्न असमर्थ भएको नेपालको भनाइ थियो। केही विकसित मुलुकले विकासको उच्च लक्ष्य र प्रविधिको उच्चतम प्रयोग गर्न सफल भए पनि यस्तो किसिमको विकास उत्पादन र वितरणमा मात्र केन्द्रत रहेको उनको भनाइ थियो। नेपालले यस्तो किसिमको विकास युक्तिसंगत प्रयोग, प्राकृतिक स्रोतको सरक्षण र मानिसको खुसीसँग नजोडिएको भन्दै यस्तो किसिमको विकासले वर्तमान विश्वको भविष्य र भविष्यका पुस्तालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने महत्वपूर्ण प्रश्न उब्जाएको बताए।

प्रकाशित: १० मंसिर २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App