coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उच्चस्तरीय परामर्श संयन्त्रलाई बधाइ

जापान र चीनबीचको उच्चस्तरीय परामर्श संयन्त्रका पदाधिकारीसँगै चिनियाँ विदेशमन्त्री वाङ यी (बीचमा)। तस्बिर ः एजेन्सी

बेइजिङ – चीन र जापानबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीनका राष्ट्रपति सी चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाइ दिएका छन्। चीनको राजधानी बेइजिङमा सोमबार सो संयन्त्रको बैठकसमेत बसेको छ। त्यसमा दुवै देशका कूटनीतिक अधिकारीहरुको सहभागिता रहेको थियो। बैठकको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाइ सन्देश पठाएका थिए।

दुई देशका जनताको तहमा सम्पर्क विस्तार गर्न र आपसमा सांस्कृतिक विकासका साथै संस्कृति आदानप्रदान गर्नका लागि सो संयन्त्र सहयोगी सिद्ध हुने दुवै नेताले विश्वास व्यक्त गरेका छन्। चिनियाँ राष्ट्रपति सीले जारी गरेको एउटा विज्ञप्तिमा विगत लामो समयदेखि चीन र जापानले आफ्नो गहिरो र मजबुत सम्बन्धको विकास गर्दै आएका उल्लेख गरेका छन्। उनले चीन र जापानका नागरिकले कम्तीमा पनि दुई हजार वर्ष यतादेखि आफ्नो सांस्कृतिक र अन्य सम्बन्धको विकास गर्दै आएका उल्लेख सो विज्ञप्तिमा गरेका छन्। साथै, दुई देशबीचको सम्बन्धका कारण एक आपसमा सहयोगी भावना रहँदै आएको पनि राष्ट्रपति सीले सो विज्ञप्तिमा उल्लेख गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चीन र जापानबीचको उच्चस्तरीय परामर्श संयन्त्रमार्फत दुई देशबीचको सांस्कृतिक तथा जनसम्पर्कका कार्यहरुको आपसी आदान प्रदान हुने धारणा जापानी प्रधानमन्त्री आबेले राखेका छन्। दुई देशबीचको आपसी तथा पारस्पारिक सहयोग र सुमधुर सम्बन्धको विकासका क्षेत्रमा थप सहयोगी सिद्ध होस् भनेर गत जुन महिनामा चिनियाँ राष्ट्रपति सीसँगको भेटमा आफूले उच्चस्तरीय परामर्श संयन्त्रको प्रस्ताव गरेको जापानी प्रधानमन्त्री आबेले उल्लेख गरेका छन्।

गत जुन महिनामा जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जापानको ओसाकामा भएको भेटका क्रममा आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने संयन्त्रको निर्माण गर्नेबारे जापानले प्रस्ताव गरेको थियो। सोही प्रस्तावबमोजिम स्थापित संयन्त्रको पहिलो बैठक सोमबार बेइजिङमा सुरु भएको छ। सो बैठकमा दुवै देशका उच्च कूटनीतिज्ञहरुको सहभागिता रहेको छ।

उच्चस्तरीय संयुक्त संयन्त्रले दुवै देशका बीचमा समय समयमा देखापर्ने असमझदारीहरुलाई हटाउन पनि सहयोग पु-याउने जापानी र चिनियाँ अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १० मंसिर २०७६ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App