coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको निर्देशन- 'काम नगर्ने कम्पनीकाे ठेक्का सम्झौता नगर्नु'

फाइल फोटाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन्। सिंहदरबारमा सोमबार भएको मन्त्रालयगत चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाथ्र्य नभएका निर्माण कम्पनीहरुलाई ठेक्का दिनु नहुने बताएका हुन्। 

बैठकमा मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिए। प्रधानमन्त्री आलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउदै भन्दै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले सुशासन र विकास मार्फत राजनीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताए। उनले सुधार गर्दा कानूनले नरोक्ने प्रष्ट गरे।

यस्तै प्रधानमन्त्री ओलीले अनुदान रकमको सम्पुर्ण विवरण बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्तिकाबारेमा औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए।

प्रकाशित: ९ मंसिर २०७६ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App