७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपनिर्वाचनमा नेकपालाई कसैले रोक्न सक्दैनः नेम्वाङ

चुनावीसभामा सुभाष नेम्वाङलगायतका नेताहरु । तस्बिरः गिरिराज/नागरिक

पाँचथर- देशका विभिन्न ठाँउमा मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा)लाई कसैले रोक्न नसक्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्। फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा आयोजना भएको नेकपाको चुनावी सभामा उनले यस्तो बताएका हुन्। पार्टी एकिकरण पछिको चुनाव भएको तथा प्रदेश र संघमा नेकपाकै बहुमत भएको अवस्थामा नेकपाले उपनिर्वाचनमा जित निकाल्ने दाबी गरेका हुन्। 

विभिन्न क्षेत्रमा विकासका काम अघि बढाइएको उनको भनाई थियो। ‘सबै मिलेर समृद्धीतर्फ अगाडी लैजानु आवश्यक छ। यसका लागि आधार तयार भएको छ। भ्रष्टाचारविरुद्ध लागेका छौँ। चाहे वाईडबडी होस, चाहे बालुवाटारको जग्गा प्रकरण होस्। जो सुकै होस छानविन भईरहेको छ। कानुनी कारवाहि हुन्छ’ नेम्वाङले भने ‘अब विकास र समृद्धिको बाटोमा अघि बढ्न आवश्यक छ।’

चुनावीसभालाई सम्बोधन गर्दै १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेकपाको नेतृत्वको सरकारले विकासको बाटोमा मुलुकलाई लगिरहेको दाबी गरे। सभालाई केन्द्रीय सदस्य ठम्मर सिंह सम्बाहाफे, अईन्द्रसुन्दर नेम्वाङलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७६ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App