४ वैशाख २०८१ मंगलबार
समाज

‘मेडिकल सञ्चालक नै बेच्छन् लागूऔषध’

लागू औषधविरुद्ध आयोजित कार्यक्रमपछि सामुहिक तस्बिर खिच्दै नगरप्रमुख खगेन्द्र राईलगायत। तस्बिरः महेश्वर/नागरिक

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य समस्या लागूऔषध दुर्व्यसन भएको सरोकारवालाहरुले बताएका छन्।

लागू औषध बिक्री वितरणमा औषधि व्यवसायीहरु नै लाग्ने गरेको गम्भीर आरोप पनि सरोकारवालाहरुले लगाएका छन्। 

नगरपालिकामा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा सरोकारवालाहरुले समाजलाई पछाडी पार्ने मुख्य कारणमध्ये लागू औषध एक भएको भन्दै दुखेसो गरेका छन्। 

कार्यक्रममा नगरप्रमुख खगेन्द्र राईले समाजमा सबैभन्दा बढी विकृति लागूऔषधले भित्र्याउने भन्दै औषधि व्यवसायीहरुलाई सचेत बन्न निर्देशन दिए।

इलाका प्रहरी कार्यालय बेल्टार र नगरपालिकाको साझेदारीमा आयोजित नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा बजारका औषधि पसलमा लागू औषध बिक्री वितरण हुने गरेको पाइएको मेयर राईको गुनासो थियो।

औषधि पसलबाटै लुकिछिपी लागू औषध बिक्री वितरण हुनु अत्यन्त दुःखदायी र गैरजिम्मेवार कार्य भएको भन्दै मेयर राईले त्यस्तो कार्य कसैले नगर्न आग्रह गरे। समाजमा लागू औषध सेवन र कारोबार बढ्नुमा औषधि व्यवसायीहरु ५० प्रतिशत जिम्मेवार रहेको भन्दै ५० प्रतिशत हिस्सा भने बाहिरबाटै बजारमा भित्रिने गरेको उनको भनाई थियो। 

नगरपालिकालाई लागू औषधमुक्त बनाउने आप्mनो योजना अनुसार विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले यसमा सबैे पक्षको सहयोग चाहिने बताए।

‘हामीले नगरवासीलाई लागू औषधमुक्त बनाउने उद्देश्य बनाएका छौं’ मेयर राइैले भने, ‘लागू औषध प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ।’ ‘औषधि व्यवसायी संघ’ का अध्यक्ष नै लागू औषध कारोबारको आरोपमा पटक पटक पक्राउ परेको मेयर राईले स्मरण गरे। पक्राउ परेका अध्यक्षले चौदण्डीगढी नगरपालिकाका औषधि व्यवसायीको भेला पारेर नगरस्तरीय संघ गठन गरका थिए।

‘संघका अध्यक्ष नै लागू औषध कारोबार आरोपमा अहिलेसम्म ४ पटक पक्राउ परिसकेका छन्’ मेयर राइले भने, ‘मेडिकलहरुले डाक्टरको प्रेसक्रिप्सन बिनै औषधि बेच्ने गरेकाले पनि यो समस्या आएको हो।’

इलाका प्रहरी बेलटारका निरीक्षक वुद्धिराम चौलागाईले लागू औषधको समस्याले चौदण्डीगढीलाई गाँजिसकेको बताए। उनले लागु औषधविरुद्ध समुदाय साझेदारी कार्यक्रमलाई नगरपालिकाका मुख्य बजार हुँदै प्रत्येक वडामा सञ्चालन भईरहेको बताए। 

कार्यक्रममा सहभागीहरुले समाजमा लागू पदार्थ ओसारपसार तथा दुव्र्यसन, घरेलु हिंसा, बलात्कार, लैंगिक हिंसा, बेचविखन र अमानवीय गतिबिधिका घटना कम गर्ने कुरामा नगरपालिका जनप्रतिनिधि, प्रहरी, प्रशासन र आमजनता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। सामाजिक विकृति विसंगतिविरुद्ध सबैक्षेत्र एकजुट भएर अघि बढेको खण्डमा समाजमा शान्ति र अमनचयन कायम गर्नुका साथै समृद्ध नगर बनाउन सकिनेमा सहभागिहरुको विश्वास थियो। 

 

प्रकाशित: ९ मंसिर २०७६ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App