coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कृषि क्षेत्रलाई समय अनुसार बनाउनुपर्छ : कृषिमन्त्री

काठमाडौं- नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिने चाहेको पनि स्पष्ट पारे। सोमबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानुन संशोधन गर्ने पनि बताए। 'बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरुप बनाउनु पर्नेछ,’ मन्त्री भुसालले भने, 'आजको विज्ञान तथा प्रविधिको विकास तथा मुलुकको आवश्यक्ता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुने गरी आवश्यक कानुनहरु संशोधन गर्नेछ।’

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए।

 

 

प्रकाशित: ९ मंसिर २०७६ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App