काठमाडौं– लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालिम सञ्चालन गर्ने प्रयोजनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभिटी) र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।
सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका तर्फबाट सदस्यसचिव डा.पुष्परमण वाग्लेले सोमबार राजधानीमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
संघ/प्रदेश/स्थानिय तह स्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारीत सीप विकास तालीम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषद् केन्द्रीय/प्रदेश कार्यालय तथा महासंघको जिल्ला/प्रदेश/केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ।
तालीम प्रदायक शिक्षण संस्थाहरु/शिक्षालयहरु मार्फत सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालीम कार्यक्रमहरूका प्रशिक्षार्थीहरुलाई महासंघका सदस्य उद्योग/व्यवसायहरूमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमुलक तालीम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारीबारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ।
सहमति कार्यान्वयनले व्यवसायमा सीपमुलक जनशक्ति उपलव्ध भई उद्योगको स्तरोन्नती हुने र बेरोजगारी समस्या क्रमशः हल हुने अपेक्षा पनि गरिएको छ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फष्टाउन नसक्ने बताए।
सीटीइभिटीका सदस्य सचिव डा. वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिंदै उद्योगलाई कस्तो खालको कामदार आवश्यकता पर्छ त्यसै अनुरुपको जनशक्ति तयार गरिने बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत