coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

वनमा लागेको आगो नियन्त्रणको प्रयास गर्दै स्थानीय।

डोल्पा– ठुलीभेरी नगरपालिका–६ धुपीरुख जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ।

सोमबार विहान ७ बजेबाट सुरु भएको आगो निकै मिहेनत पछि स्थानीयले नियन्त्रणमा लिएका हुन्। समयमै आगो नियन्त्रणमा आउनाले जंगल नजिकै रहेको काँडाताली गाउँले ठूलो संकट बेहोर्नु परेन। 

सिँगो गाउँमा आगो पस्न थालेपछि स्थानीयले आगो नियन्त्रणको प्रयास गरेका थिए। ‘म खाना पकाउन लागेको थिए एक्कासी आगोको मुस्लो देखें’ स्थानीय मेरबहादुर बुढाले भने,‘थरगाउ, दुरगाउँ र काँडातालीका छिमेकी मिलेर आगो नियन्त्रणमा लियौं।’

विहान सात बजे देखि लागेको आगो दिउँसो २ बजे मात्र नियन्त्रणमा आएको थियो। आगलागिको कारण अझै पनि पत्ता लागको छैन। घनाजङ्गल माथि गाउँ भएकाले आगोले सिँगो काँडाताली गाउँ नै सखाप पार्नेमा स्थानीय त्रासित थिए।

 ‘आगोबाट जंगल सखाप भएपनि मानवीय र घरपालुवा जनावरलाई क्षति पुर्याएको छैन’ आगो नियन्त्रण पछि स्थानीय सुवर्ण बुढाले भने।

 

प्रकाशित: ९ मंसिर २०७६ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App