coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ऊर्जामा थप लगानी गर्न चीनलाई मन्त्री पुनको आग्रह

फाइल फोटाे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्।

मन्त्री पुनले सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताएका हुन्।

उनले चीनको युनान प्रान्तले नेपालको जलविद्युत आयोजनाहरुमा गरेको लगानीको दायरा पनि फराकिलो हुँदै जाने नेपाल सरकारको अपेक्षा रहेको पनि बताए। मन्त्री पुनले युनान प्रान्तका गभर्नर चेङफालाई नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य गरेर अघि बढन आग्रह गरे।

उता, युनान प्रान्तका गभर्नर चेङफाले पनि नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यका साथ काम गर्ने इच्छा व्यक्त गरे।

प्रकाशित: ९ मंसिर २०७६ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App