काठमाडौं - भारतमा भएको अन्तर्राष्ट्रिय कम्ब्याट गेम्समा कुल १५ पदक जित्दै नेपाली तेक्वान्दो टाेली उपविजेता बनेको छ। भारतको दिल्लीमा आइतबार सम्पन्न गेम्समा नेपालले ४ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल १५ पदक जित्दै उपविजेता बनेकाे हाे।
प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माका अनुसार नेपाल राष्ट्रिय मार्सल नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक/एक स्वर्ण जिते। यस्तै रोप स्किपिङ र जापानिज फममा उनले एक/एक रजत हात पारे।
राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक/एक रजत जितेका छन्। जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे।
यस्तै प्रनिश पहाडीले स्पाईरिङमा र प्याट्रनमा रजत हात पारे भने शिवराज देवकोटाले पनि स्पाईरिङमा रजत जितेका छन्। विशाल शाह र विकास श्रेष्ठले पनि एक/एक कास्य जिते। प्रतियोगितामा नेपालका टिम कोच शर्मालाई आउटस्टान्डिङ इन्स्ट्रक्टर मेडल प्रदान गरिएको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
यसमा तपाईको मत