तेल अभिभ – इजरायलको ‘ब्लु एन्ड ह्वाइट’ पार्टीका नेता बेनी गान्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री नेतान्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझावसमेत दिएका छन्।
‘पहिलो दुई वर्ष प्रधानमन्त्रीमा काम गर्न मलाई दिनुस्। नेतान्याहु दोषी नठहरिएमा त्यसपछि उहाँलाई नेतृत्वमा ल्याउँला,’ इजरायलको राजनीतिक संकट अन्त्य गर्न नेतान्याहु र उनको दललाई नयाँ प्रस्ताव गर्दै बेनी गान्जले बताए। इजरायली प्रधानमन्त्री नेतान्याहुलाई यसै साता भ्रष्टाचार तथा विभिन्न अपराध आरोपसहित अभियोजनकर्ताहरूले मुद्दा दर्ता गरेका छन्। नेतान्याहुले आरोपलाई निराधार भन्दै यो केवल आफूलाई राजनीतिक नेतृत्वबाट हटाउने दुष्प्रयास मात्र भएको बताएका छन्।
इजरायली प्रधानमन्त्री नेतान्याहुले आफूविरूद्ध लगाइएका श्रृंखलाबद्ध भ्रष्टाचार अभियोग ‘कू’को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताको आलोचनासमेत गरेका थिए। उनले आफूलाई लगाइएका सबै अभियोग आधारहीन रहेको पनि बताएका थिए।
‘भ्रष्टाचार मुद्दाको विकास राजनीतिक रूपले अति संवेदनशील समयमा आएको छ,’ आफूविरुद्धका अनुसन्धान गलत भावबाट ग्रसित रहेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले दुई दिनअघि जारी गरेको विज्ञप्तिमा भनिएको छ। ब्लु एन्ड ह्वाइटले नेतन्याहुमाथि भ्रष्टाचार र देशद्रोहसमेतको आरोप लागेकोले उनको नेतृत्वमा गठबन्धन सरकारमा रहन नसक्ने भन्दै नेतृत्व गान्जलाई दिनुपर्ने धारणा राख्दै आएको छ।
इजरायलमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा प्रधानमन्त्रीको लिकुड पार्टीले अपेक्षाभन्दा कम मत ल्याएको थियो। संसद्को एक सय २० सदस्यमध्ये लिकुडले ३२ सिट जितेको थियो भने मुख्य प्रतिपक्षी दलले ३३ सिट ल्याउन सफल भएको थियो। सरकार गठनका लागि दुवै दलको प्रयासले सार्थकता पाउन सकेको छैन।
दुई ठूला दलको प्रयासमा सरकार बन्न नसकेपछि नयाँ निर्वाचनको सम्भावना बढेको समय इजरायली राष्ट्रपतिले निर्वाचनको विकल्पमा नयाँ सरकार गठन गर्ने २१ दिनको समयसहितको जिम्मेवारी संसद्लाई दिएका थिए जसका लागि अब १८ दिन मात्र बाँकी छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत