coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेक भक्तपुरको सबैभन्दा बढी कर तिर्ने करदाता

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर जिल्लाकै सबैभन्दा बढी कर तिर्ने करदाता भएको छ। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरले सम्मानस्वरुप नेकलाई एक कार्यक्रमबीच सम्मान गरेको छ।

आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा बढी चार करोड दुई लाख रुपैयाँभन्दा बढी कर तिरेबापत कजेज सञ्चालक समितिका सदस्य शलिल भट्टराईलाई सम्मान गरिएको हो। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुर प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले भट्टराईलाई सम्मान गरेका हुन्। कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, कलेजका बोर्ड सदस्य भट्टराईलगायतले बोलेका थिए।

कलेजले आव ०७२÷७३ मा कुल आय २४ करोड ५२ लाख मात्र देखाएको र कुल बचत १४ लाख मात्र देखाइ भक्तपुर कर कार्यालयलाई कुल १९ लाख मात्र कर तिरेको कार्यालयले जनाएको छ।

निजीकरणविरुद्ध लागेको नयाँ सञ्चालक समितिले ०७४ देखि कलेज सञ्चालन गरी आव ०७३/७४ मा कुल आय ६० करोड ८१ लाख (जसमा आव ०७२÷७३ सम्म पुरानो व्यवस्थापनले कर छली गर्ने मनसायबाट थप २० करोड विभिन्न शीर्षकमा लुकाइएको समेत आयमा जोडिएको) र बचत ३४ करोड ७८ लाख तथा आव ०७४÷७५ मा कुल आय ४० करोड ५४ लाख र बचत ११ करोड ३४ लाख भनी कर कार्यालयमा पेस गरेको जनाइएको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App