आफू सकुशल रहेको नीतिन पवारद्वारा जानकारी

सोमबार, ०९ मङि्सर २०७६, ०८ : १८ नागरिक

मुम्बई – भारतको राष्ट्रिवादी कांग्रेसका नेता नीतिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताएका छन्। उनले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गरेका छन्। शनिबार पार्टी बैठकका लागि भन्दै घरबाट निस्केका पवार परिवारको सम्पर्कमा नआएको भन्दै महाराष्ट्रको पञ्चावती प्रहरी स्टेसनमा उनका छोराले खोजीका लागि निवेदन दिएका थिए।

‘मेरो परिवार र शुभेच्छुकलाई मेरो बारेमा कुनै चिन्ता नलिन आग्रह गर्दछु। म शरद पवार, अजित पवार र छगन भुजबलको साथमा छु,’ भिडियोमा भनिएको छ। ‘मेरो बारेमा परिवार र आफन्तले अन्यथा सोच्नु पर्दैन,’ भिडियोमा भनिएको छ। नीतिन महाराष्ट्रको काल्वन निर्वाचन क्षेत्रबाट विधानसभामा निर्वाचित भएका थिए।

महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शनिबार बिहानै भाजपाका देवेन्द्र फडणविसलाई राज्यको मुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी) का अजित पवारलाई उपमुख्यमन्त्रीको शपथ दिलाएपछि देखिएको फरक राजनीतिक सन्दर्भ र विधानसभामा नेतृत्व गर्ने नीतिन परिवारको सम्पर्कभन्दा बाहिर भएपछि नीतिनका छोराले आफ्ना पितालाई खोज्न निवेदन दिएका थिए।

महाराष्ट्रमा भारतीय कांग्रेस (कांग्रेस–आई), शिवसेना र राष्ट्रवादी कांग्रेसको गठबन्धन सरकार बन्ने हल्ला चलिरहेका समय राष्ट्रवादीका केही नेताले अजित पवारलाई उपमुख्यमन्त्रीमा पठाएका थिए। अजितले उपमुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ लिइसकेका छन्। तर शप लगत्तै राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारले भाजपालाई सरकार बनाउन समर्थन दिने निर्णय पार्टीको नभई अजित पवारको व्यक्तिगत फैसला रहेको बताएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad