coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

एकता कार्यक्रममा अभिभावदन गर्दै नेपाली कांंग्रेसका उम्मेदबार कृष्णलाल भँंडेल। तस्बिरः नागरिक

भक्तपुर – मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश (क) (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ। आइतबार यहाँं पत्रकार सम्मेलन गरी दुवै पार्टीका जिल्लास्तरीय नेताहरूले दुई पार्टीबीच चुनावका लागि कार्यगत एकता घोषणा गरेका छन्।

कार्यगत एकतासँंगै कांग्रेसको जितको प्रबल सम्भावना वढेको छ। गएको यही क्षेत्रको निर्वाचनमा नेपाली कांग्रेस निकटम प्रतिद्वन्द्वी बनेको थियो। त्यसबेलाको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार स्वर्गीय हरिशरण लामिछाने निवार्चित भएका थिए। त्यसबेला लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए। उक्त चुनावमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार नौ सय ७७ मतका साथ निकटम प्रतिस्पर्धी भएका थिए।

गएको यही चुनावमा राप्रपा संयुक्त यस क्षेत्रमा उम्मेदवार थिएनन्। तर यही क्षेत्रमा भएको पछिल्लो स्थानीय चुनावमा भने उक्त पार्टीले उम्मेदवार थिए। त्यसबेला उसले करिब ५ हजार सात सय मत पाएको थियो। यो हिसाबले हाल चुनावी एकता भएको कांग्रेस र राप्रपा संयुक्त दुवैको मत जोडेर हिसाब गर्दा कांग्रेस जितनजिक पुग्ने देखिन्छ।

यसपटकको चनावमा पनि राप्रपा संयुक्तबाट अघि निर्वाचनमा विजयी भएका स्वर्गीय हरिशरण लामिछानेकै दाजुले उम्मेदवारी दिएका थिए। तर उनको नाम समानुपातिका देखिएको भन्दै उम्मेदवारी खारेज भएको थियो। यसपटक नेकपाबाट डिपी ढकाल उम्मेदवार छन्। ढकाल यसअघिको यही क्षेत्रको निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार थिए। त्यसबेला उनी सात सय ८४ मतमा खुम्चिएका थिए। त्यसबेला त्यति सीमित भोटमा खुम्चिएका ढकाललाई योपटक संयुक्त पार्टीबाट पनि उम्मेदवार बनाउनु भनेको निर्वाचनमा निकटम प्रतिद्वन्द्वीलाई जिताउनु हो भनी तत्कालीन एमाले खेमाका नेकपाकै कार्यकर्ताबाट चर्काे विरोध भएको थियो। विरोधको क्रममा नेकपाको जिल्ला पार्टी कार्यालय सूर्यविनायकमा तालाबन्दीसमेत भएको थियो।

कांग्रेस र राप्रपा संयुक्तवीचको कार्यरत एकतासँंगै यहाँंको चुनावी सरगर्मी अझ बढेको छ। दुई पार्टीबीचको चुनावी एकतासँंगै विजयी र निकटम प्रतिद्वन्द्वबीचको मत तानातानमा तेस्रो शक्तिको रूपमा गएको यही निर्वाचनमा सीमित भएको नेपाल मजदुर किसान पार्टी पनि निर्वाचन आफनो पोल्टामा पार्न कसरतरत रहेको छ। त्यतिबेलाका यही क्षेत्रका निर्वाचनमा त्यस क्षेत्रका पार्टीका उम्मेदवार (हाल पनि उही) निरज लबजूले सात हजार ११ मत पाएर तेस्रो भएका थिए।

यो क्षेत्रको यसपटकको निर्वाचनमा विभिन्न पार्टीहरुबाट नौ जना र स्वतन्त्र १० जना गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट डिपी ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र नेपाल मजदुर किसान पार्टीकोतर्फबाट निरज लवजूको चुनावी प्रतिस्पर्धामा छन्। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव श्याम नेपाल, समाजवादी पार्टीबाट सुदर्शन मुनंकर्मी र साझा पार्टीबाट सुरज प्रधानको उम्मेदवारी छ।

तत्कालीन निर्वाचनमा विवेकशीलका कालीचरण कार्कीले सात सय ८३, राप्रपाका मुकुन्द कार्कीले चार सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए। उक्त निर्वाचनमा विजयी हासिल गरेका लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि अहिले यो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले ५४ मतदान केन्द्र निर्धारण गरेको छ। चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको सो क्षेत्रमा कुल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। सो क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको र २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कुल एक हजार चार सय ८४ मतदाता थपिएको जनाइएको छ। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App