७ वैशाख २०८१ शुक्रबार
अर्थ

विशेष आर्थिक क्षेत्र स्थापनामाग

विराटनगर – विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका हुन्।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको स्वागत कार्यक्रममा दुगडसँग यहा“का उद्योगी व्यवसायीले विशेष आर्थिक क्षेत्र निर्माण गरी नया“ उद्योग स्थापनामा भूमिका खेल्न आग्रह गरेका हुन्। मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्धडाले दुगडको नियुक्तिले उद्योग, व्यवसाय क्षेत्रले कोल्टे फेर्ने अपेक्षा गरिएको बताए। उनले पूर्व क्षेत्रको औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र निर्माणमा भूमिका खेल्न आग्रह गरे।

सुनसरीको अमरडुवास्थित साल्टट्रेडिङको ६ सय ५० बिघा जमिनमा विशेष आर्थिक क्षेत्र स्थापना गरी नया“ उद्योग स्थापनामा भूमिका खेल्न दुगडलाई आग्रह गरे। मुन्धडाले निजी क्षेत्रले उद्योग स्थापनाका लागि महँगोमा जग्गा किन्नुपर्ने बाध्यताको अन्त्य गर्न र उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउन विशेष आर्थिक क्षेत्र निर्माण जरुरी रहेको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी, व्यवसायीका सबै समस्या बुझेको व्यक्ति मन्त्री भएकाले दुगडको कार्यकालमा निजी क्षेत्रका समस्या समाधान हुने अपेक्षा गरेको बताए। घिमिरेले सुनसरीको अमरडुवामा विशेष आर्थिक क्षेत्र निर्माण भए तत्कालै पाँच सयभन्दा बढी उद्योग स्थापना गर्ने दाबी पनि घिमिरेले गरे। उनले भने, ‘विशेष आर्थिक क्षेत्र स्थापना भए तत्कालै पाँच सयभन्दा बढी उद्योग स्थापना गर्छौं।’
सरकारले पाँच लाख युवालाई रोजगारी उपलब्ध गराउने महŒवाकांक्षी योजना कार्यान्वयन गर्न औद्योगिकीकरण आवश्यक रहेको घिमिरेले बताए। उनले उद्योग स्थापना भए मात्रै ठूलो संख्यामा रोजगारी सिर्जना हुने र सरकारले लिएको लक्ष्य पूराहुने भएकाले औद्योगिक वातावरण तयार पार्न औद्योगिक क्षेत्र आवश्यक रहेको धारणा राखे।

घिमिरेले विराटनगरको आइसिपी तत्काल सञ्चालन गर्न, औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न,विराटनगर विमानस्थल विस्तारको पहल गर्न, विशेष आर्थिक क्षेत्र निर्माणलगायत कामलाई प्राथमिकता दिई तत्कालै अघि बढाउन दुगडस“ग आग्रह गरे। उनले औद्योगिक विकासका लागि काम गर्न नसके कारणसहित राजीनामा गर्न पनि दुगडलाई सुझाव दिए।

नागरिक अगुवा दधिराज सुवेदीले विराटनगरको कुरा सुन्ने मान्छे सरकारमा नभएका बेला विराटनगरको सबै समस्या बुझ्ने मानिस नै मन्त्री भएकामा खुसी व्यक्त गरे। सुवेदीले आठपटक विराटनगरले प्रधानमन्त्री पाउ“दा पनि विराटनगरका लागि केही नगरेको गुनासो गरे। उनले दुगड राज्यमन्त्री मात्रै बने पनि विराटनगरको साख फर्काउन सक्षम हुनेमा विराटनगरवासी आशावादी रहेको बताए।

राज्यमन्त्री दुगडले विराटनगरवासीले आफूलाई गरेको स्वागतले थप जिम्मेवारी महसुुस गराएको बताए। उनले विराटनगरका समस्या समाधानका लागि सधैं लागिपर्ने प्रतिबद्धता जनाए। दुगडले एक वर्षभित्रै विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउने दाबी पनि गरे। उनले भने, ‘एक वर्षभित्रै विमानस्थल विस्तारको काम अघि बढाउन नसके म असफल भएको ठान्ने छु।’ उनले विराटनगरमा निर्माण भएको आइसिपी छिटै सञ्चालन गर्न पहल सुरू गरिसकेको पनि जानकारी दिए।

प्रदर्शनी स्थल र विशेष आर्थिक क्षेत्र निर्माणका लागि आगामी वर्ष बजेट व्यवस्था गर्न पहल गर्ने उनले बताए। भौतिक विकास मात्रै हैन औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत सुधार पनि गर्ने दुगडले  स्पष्ट पारे। उद्योगसम्बन्धी सबै कामको सहजीकरण उद्योग मन्त्रालयले गर्ने, मन्त्रालयमा मिडिया डेस्क स्थापना गर्ने,बजार पसलमा मात्रै नभई कर्मचारीतन्त्रको कामको पनि अनुगमन गर्र्ने उनले बताए।

सरकारी उद्योगमा सिफारिसका भरमा महाप्रबन्धक नराख्ने पनि उनले बताए। उद्योगलाई नाफामा लैजाने योजना र दृष्टिकोण नभएका जिएम सरकारी स्वामित्वका उद्योग र प्रतिष्ठानबाट हटाउने संकेत पनि दुगडले गरे। ‘कम्पनीलाई नाफामा लैजानसक्ने भिजन नभएका जिएम आवश्यक छैन,’उनले भने,‘योग्यता र क्षमता बाहेक सिफारिसका भरमा अब, कोही पनि सरकारी स्वामित्वका कम्पनीको जिएम बन्न सक्दैन।’

प्रकाशित: ९ मंसिर २०७६ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App