८ वैशाख २०८१ शनिबार
अर्थ

आधारदर सिभिलको बढी, राष्ट्रिय वाणिज्य बैंकको कम

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्दा ब्याजदर कम लिन अनुरोध गरिरहेका बेला केही वाणिज्य बैंकले आधारदर घटाएका छन्।

चालु आर्थिक वर्ष ०६७/७७ को पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरुले औसत आधारदर (बेसरेट)घटाएका हुन्। मुलुकमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार हाल १५ बैंकले आधारदर कम गरेका छन्।
सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा बढी सिभिल बैंकको रहेको छ। राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो भने सिभिल निजी क्षेत्रको लगानीमा सञ्चालित बैंक हो।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हाल यसको आधारदर ६.६ प्रतिशत छ। गत आवको सोही अवधिमा उसको आधार दर ६.३३ प्रतिशत थियो। राष्ट्रिय वाणिज्य बैंकले गत आवको तुलनामा चालु आवमा ०.२७ प्रतिशत बिन्दुले आधारदर बढाएपनि अन्य बैंकभन्दा सस्तो रहेको बैंकका वित्त विभाग प्रमुख विमल डंगोलले बताए।

‘बैंकको निक्षेप लागत (कस्ट अफ फन्ड), अनिवार्य नगद अनुपात (सिआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) र सञ्चालन खर्च जोडेर आधार दर निर्धारण गरिन्छ,’ उनले भने, ‘बैंकले कति ब्याज दरमा कर्जा दिन्छ भन्ने थाहा पाउने सूचक आधारदर भएकाले आधारदर कम हुनु भनेको ऋणको ब्याजदर घट्ने संकेत हो।’

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ७.६३ प्रतिशत छ। गत आवको सोही अवधिमा यसको आधारदर ८.१४ प्रतिशत रहेको थियो। सरकारी स्वामित्वको नेपाल बैंकको आधारदर ७.८४ प्रतिशत रहेको छ। नेपालबैंकको गत आवको सोही अवधिमा ७.५२ प्रतिशत आधारदर थियो। नबिल बैंकको असोज मसान्तसम्मको आधारदर ७.९४ प्रतिशत छ। यसको गत आवको सोही अवधिमा ८.६ प्रतिशत आधारदर थियो।

नेपाल इन्भेस्टमेन्ट बैंकको आधारदर ८.४८ प्रतिशत छ। यसको गत आवको सोही अवधिमा ९.३ प्रतिशत आधारदर कायम थियो। एभरेस्ट बैंकको आधार दर ८.५२ प्रतिशत छ। गत आवमा बैंकको आधारदर ८.८० थियो। हिमालयन बैंकको आधारदर ८.९३ प्रतिशत रहेको छ। गत आवको सोही अवधिमा हिमालयनको आधारदर ९.२२ प्रतिशत थियो।

त्यसैगरी, सानिमा बैंकको आधारदर ९.२१ प्रतिशत रहेको छ। गत आवको पहिलो त्रैमासिक अवधिमा यसको आधारदर ९.८० प्रतिशत थियो। प्रभु बैंकले आधारदर ९.२४ प्रतिशत छ। गत आवको सोही अवधिमा प्रभुको ९.४९ प्रतिशत आधारदर थियो। चालु आवको पहिलो त्रैमासिक अवधिमा ग्लोबल आइएमई बैंकको आधारदर ९.४४ प्रतिशत छ। गत आवको सोही अवधिमा यो १०.५९ प्रतिशत रहेको थियो।

एनआइसी एसिया बैंकको आधारदर गत आवको पहिलो त्रैमासिक अवधिको तुलनामा १.२६ प्रतिशत बिन्दुले कम भएको छ। एनआइसीको गत आवको असोज मसान्तसम्म१०.७७ प्रतिशत आधारदर रहेकामा चालु आवको सोही अवधिमा ९.५१ प्रतिशत कायम भएको छ।

प्राइम कमर्सियल बैंकको आधारदर ९.६७ प्रतिशत छ। प्राइमको गत आवको सोही अवधिमा १०.३९ प्रतिशत आधारदर रहेको थियो। नेपाल बंगलादेश बैंकको आधारदर ९.८७ प्रतिशत छ। गत आवको सोही अवधिमा यसको आधार दर १०.२० प्रतिशत थियो।
नेपाल एसबिआई बैंकको आधारदर ९.९४ प्रतिशत रहेको छ। गत आवको पहिलो त्रैमासिक अवधिमा एसबिआईको आधारदर १०.४३ प्रतिशत थियो।्र

त्यसैगरी, सनराइज बैंकको आधारदर ९.९७ प्रतिशत छ। यसको गत आवको सोही अवधिमा आधारदर १०.९७ प्रतिशत थियो। बैंक अफ काठमाण्डूको असोज मसान्तसम्मको आधारदर १०.२ प्रतिशत छ। गत आवको सोही अवधिमा यसको १०.६२ प्रतिशत आधारदर कायम थियो।
जनता बैंक नेपालको आधारदर १०.१३ प्रतिशत छ। गत आवको पहिलो त्रैमासिक अवधिमा बैंकको आधारदर ११.२२ प्रतिशत थियो।

सरकारी स्वामित्वको कृषि विकास बैंकको आधारदर १०.१८ प्रतिशत छ। यस बैंकको गत आवको सोही अवधिमा ६.३३ प्रतिशत आधारदर थियो। चालु आवको सो अवधिमा गत आवको तुलनामा ३.८५ प्रतिशत बिन्दुले आधारदर बढेको छ। मेगा बैंकको असोज मसान्तसम्मको अवधिमा १०.१९ प्रतिशत आधारदर रहेको छ। गत आवको सोही अवधिमा यो १०.५५ प्रतिशत थियो।

लक्ष्मी बैंकको आधारदर १०.२४ प्रतिशत रहेको छ। लक्ष्मीको गत आवको सोही अवधिमा ११.२८ प्रतिशत आधारदर थियो। एनएमबी बैंकको आधारदर १०.३३ प्रतिशत छ। गत आवको सोही अवधिमा बैंकको आधारदर ९.९३ प्रतिशत थियो। सेञ्चुरी बैंकको आधारदर १०.४५ प्रतिशत छ। गत आवको सोही अवधिमा बैंकको आधारदर ११.५१ प्रतिशत थियो।

माछापुच्छ्रे बैंकको आधारदर १०.५६ प्रतिशत छ। गत आवको असोज मसान्तसम्म यसको आधारदर ११.२१ प्रतिशत थियो। सिटिजन्स बैंकको चालु आवको असोज मसान्तसम्म १०.५७ प्रतिशत आधारदर छ। बैंकको गत आवको सोही अवधिमा आधारदर ११.४७ प्रतिशत थियो।

कुमारी बैंकको चालु आवको असोज मसान्तसम्म १०.६८ प्रतिशत आधारदर छ। गत आवको सोही अवधिमा बैंकको आधारदर ११.९ प्रतिशत थियो। एनसिसी बैंकको आधारदर १०.७७ प्रतिशत छ। गत आवको सोही अवधिमा यो ११.४५ प्रतिशत थियो।

त्यसैगरी, सिभिल बैंकको आधारदर ११.११ प्रतिशत छ। गत आवको सोही अवधिमा बैंकको आधारदर १०.९८ प्रतिशत थियो। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधारदरमा कृषि कर्जामा दुई प्रतिशत र व्यावसायिक कर्जामा पाँच प्रतिशतसम्म प्रिमियम लिने गरेको बैंकर बताउँछन्।

प्रकाशित: ९ मंसिर २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App