coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफको संघर्षपूर्ण जित

काठमाडौं – सरस्वती युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलका खेल मंगलबारबाट हुनेछन्। पहिलो सेमिफाइनल ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र  नेपाल पुलिसका क्लबबीच हुनेछ। बुधबार एपिएफले ललितपुरको रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार एपिएफलाई अन्तिम चारमा पु¥याउन प्रवीन स्याङ्तानले गरेको गोल निर्णायक बन्यो। प्रवीनले १५औं मिनेटमा गोल गरेका थिए। रामकुमार कुमालको क्रसमा प्रवीनको बक्सभित्रको शक्तिशाली प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो। एपिएफका डिफेन्डर रमेश दंगाल म्यान अफ दी म्याच घोषित भए। सरस्वतीले बुनेका निकै राम्रा अवसरलाई रमेशले विफल पारेका थिए। 

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ। १४ मंसिरमा फाइनल खेल हुनेछ। विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: ९ मंसिर २०७६ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App