coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्रीको विभागीय प्रमुखलाई निर्देशनः पुरानै शैलीको काम सरकारलाई स्वीकार्य हुँदैन्

फाइल फोटाे

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने संकेत गरेका छन्। आइतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका हुन्।

उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुख लाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए। उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए।

उनले भने ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन्। लिखित आउँछ। निर्देशन लिखित आउँछ। तपाईको जवाफ पनि लिखित चाहिन्छ।’

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए। उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए। उनले भने ‘६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु।’ बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए।

प्रकाशित: ८ मंसिर २०७६ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App