४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

विलिङटन- न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए।

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान ५.३४ बजेतिर भूकम्प आएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ।

सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सबै भन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्।  सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ। सिन्ह्वा

प्रकाशित: ८ मंसिर २०७६ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App