८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ सहकारी ऐन चाडै: मन्त्री थानी

नेपालगन्ज-सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐन चाडै ल्याउने तयारी भइरहेको बताएका छन्। जिल्ला सहकारी संघ बाँकेको २५ औं साधारण सभाको शुक्रबार उदघाटन गर्दै उनले सहकारीको सिद्धान्त अनुसार उक्त ऐन बन्न लागेको स्पष्ट पारे।

परिमार्जित ऐन आएपछि सहकारी क्षेत्रमा देखा परेका गलत क्रियाकलाप अन्त्य हुने दाबी गरे। ‘सहकारीको सिद्वान्त अनुसार नयाँ ऐन बन्ने हो,’ उनले भने ‘यसले सहकारी सञ्चालनमा देखा परेका बन्देजलाई खुकुलो बनाउनेछ।’ सर्वसाधारणले दुःख गरेर सहकारीमा जम्मा गरेको पैसा असुरक्षित हुने गरेको स्वीकार गर्दै मन्त्री थानीले सहकारी सञ्चालकले अब सर्वसाधारणको पैसामा रजाई गर्न नपाउने चेतावनी दिए।

यसैबीच प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस नेता समेत रहेका मन्त्री थानीले  दुई तिहाई बहुमत नभए सम्म संविधान संशोधन नहुने भएकाले मुख्य दलहरु बीच सहमती गर्नुको विकल्प नभएको बताए।

 

प्रकाशित: २४ मंसिर २०७३ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App