८ वैशाख २०८१ शनिबार
समाज

बिहान ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

जुम्ला- जुम्ला चन्दननाथ नगरपालिका २ स्थित विष्णु भण्डारीको तीन तले घरमा बिहान ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउनको लागि अधिकतम प्रयास भइरहेको छ। अहिले आगो नियन्त्रणमा लिनको लागि पुरै घर भत्काइ सकिएको छ। तर पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

आगो नियन्त्रणको लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय बासिन्दा र दमकलको प्रयोग भइरहेको छ। दमकलले झण्डै दस पटकसम्म पानी ओसारेर पनि आगो नियन्त्रणमा लिन सकेको छैन।

ग्यास लिक भएर आगो लागेको डिएसपी लालबहादुर धामी बताउँछन्। 'आगो लागेको ६ घण्टा भइसक्यो, पानी पनि हालेको हालैछ तर पनि आगो नियन्त्रण आउन सकेको छैन,' उनले भने।

अहिले सदरमुकाम खलंगाको सबै शक्ति आगो नियन्त्रणमा जुटेको छ। यो घरमा एक बर्ष अघिसम्म चन्दननाथ नगरपालिकाको कार्यालय बसेको थियो। आगो नियन्त्रणमा आइसकेपछि मात्र मुचुल्क उठाएर क्षतिको विवरण सार्वजनिक गरिने प्रहरीले बताएका छन्। आगो लागेको उक्त घरमा विद्यार्थी बस्दै आएका थिए।

 

 

 

प्रकाशित: ८ मंसिर २०७६ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App