८ वैशाख २०८१ शनिबार
खेल

जिल्ला स्तरीय तेक्वान्दो सम्पन्न

पाल्पा- नवौं जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता पाल्पामा सकिएको छ। दुई सय १५ खेलाडीको सहभागीता रहेको प्रतियोगितामा पुरुष जुनियरतर्फ तानसेन दोजाङका एन्जल रेग्मी र महिलातर्फ समिक्षा गाहा उत्कृष्ठ खेलाडी घोषित भए। पुरुष सिनियरमा रामपुरका जिज्ञासु राना र महिलातर्फ ममता गाहा उत्कृष्ठ घोषित भए।

प्रतियोगितामा स्पायरिङ्ग, प्याटन विधामा २८ स्वर्ण, २८ काँस्य र ३४ रजत पदका लागि प्रतिस्पर्धा भएको पाल्पा जिल्ला आइटीएफ तेक्वान्डो संघका अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुले बताए। प्रतियोगितामा स्पारिङतर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरे। ३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक हासिल गरे।

४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले स्वर्ण पदक प्राप्त गरेका छन्। ४६–५० केजीमा बेथल दोजाङका विनोद रखाल, ५१–५५ केजीमा रामपुर दोजाङका जिज्ञासु राना, ५६–६० मा आवासियका सुजन पचभैया र ६० केजीदेखि माथि समूहमा बेथल दोजाङ विशाल काम्मुले स्वर्ण पदक जितेका हुन्।

त्यस्तै महिलातर्फ २१–२५ केजी समुहमा बेथलकी इस्मन सिंजाली, २६–३० मा आवासियकी समिक्षा गाहा, ३१–३५ केजी समूहमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, ३६–४० मा विजुकी एलिसा थापा, ४१–४५ केजी समूहमा मदरल्याण्डकी इन्सु रानाले स्वर्ण प्राप्त गरिन्। ४६ देखि ५० केजी समूहमा तानसेनकै सदिक्षा खनाल त्यसैगरी ५१–५५ मा प्रिपेटोरीकी ममता गाहा र ५६–६० केजी समूहमा मदरल्याण्डकी प्रविना बैजालीले स्वर्ण पदक प्राप्त गरेका छन्।

एकल महिला प्याटनतर्फ पहेलो पेटीमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, हरियोमा इन्सु राना, निलोमा तानसेन दोजाङकी स्मृती थापा, रातोमा प्रिपेटोरीकी ममता गाहा, कालो पेटीमा आवासीयकी समिक्षा गाहाले स्वर्ण पदक प्राप्त गरेका छन्। त्यस्तै एकल पुरुष प्याटनतर्फ पहेलो पेटीमा प्रिपेटोरीका एन्जिल दर्लामी, पहेलोमा मदरल्याण्डका विनोद पुन, निलोमा तानसेनका एन्जल रेग्मी, रोतोमा प्रिपेटोरीकै निशान्त के.सी., कालोमा तानसेन दोजाङका निशप थापाले स्वर्ण पदक जितेका छन्।

स्पारिङ तर्फै २१-२५ केजीमा आवसीयका सुवास रानाले रजत पदक, बेथलका समिर विसी काँस्य र विजुका सरोज बस्यालले काँस्य पदक हासिल गरेका छन्। त्यस्तै ३६–४० केजीमा आवासीयका कुमार कुमाईले रजत, बेथलका विश्वास मस्राङ्गीले काँस्य र तानसेन दोजाङका निरज थापाले काँस्य पदक प्राप्त गरेका छन्।

विजयी खेलाडिलाई ५ नं. प्रदेश सभा सदस्य नारायण आचार्यले पुरस्कार वितरण गरे। पुरस्कार वितरण समारोह प्रदेश सभा सदस्य आचार्यले खेलकूदमा नवजीवनलाई स्वस्थ्य राख्न उपयोगी भएको बताए। उनले शारिरिक विकास विना मानसिक विकास गर्न असम्भव रहेकोले खेललाई प्राथमिकतामा राख्न खेलाडीलाई सुझाव दिए।

पुरुषतर्फ पहेलो पेटीमा महेन्द्र बुढा, हरियोमा विशाल राना, निलोमा अर्जन गाहा, रातोमा एनिज गुरुङ, कालोमा विक्रम सारुले रजत पदक प्राप्त गरका थिए।

 

प्रकाशित: ८ मंसिर २०७६ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App