coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव कार्यकर्ता पक्राउ

बर्दिया– प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। कालीकोट खाडाचक्रमणी नगरपालिका–२ का वर्ष २८ को रमेश विक र सन्जु चौधरीलाई बासगढीबाट प्रहरीले पक्राउ गरेको हो।

विष्फोटक  पदार्थ सम्बन्धि कसुर मुद्दामा विक फरार रहेकाले इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरिक्षक इन्द्रजीत सुनारको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको प्रहरीद्वारा विज्ञप्तीमा उल्लेख गरेको छ। उनीहरुबाट प्रहरीले ५० थान पर्चा पम्पलेट पनि बरामद गरेको छ।

प्रहरी नियन्त्रणमा रहेका विकलाई म्याद थप गरिएको र चौधरीलाई आवश्यक अनुसन्धान भईरहेको एसपी राजेशनाथ वास्तोलाले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७६ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App