८ वैशाख २०८१ शनिबार
समाज

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

काठमाडौं- अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली मूलका युवाको हत्या भएको छ।

ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी श्रीमती नुमा (नाम परिवर्तन)लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ।

घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि प्रहरीलाई तीन शुन्यमा फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो।घटनामा सामान्य घाइते भएकी नुमालाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो।

प्रकाशित: ८ मंसिर २०७६ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App