काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ।
क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा आइतबार बिहान विराेध प्रदर्शन गरिएको हो।
हजारौंको संख्यामा सडकमा आएका विद्यार्थीले 'कालापानी, लिम्पियाधुरा र लिपुलेख हाम्रो हो', 'गो ब्याक इन्डिया' भन्दै नारावाजी गरेका थिए।
त्यस्तै 'भारतीय दादागिरी बन्द गर', 'नेपाली भूमि छोड', 'भारतीय साम्राज्यवाद मुर्दावाद' लगायतका नारा समेत लगाएका थिए।
नेपाल कम्युनिस्ट पार्टीको छैठौं पुनर्गठन दिवसको अवसरमा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत