८ वैशाख २०८१ शनिबार
खेल

लिभरपुलको उडान, सिटी पछ्याउँदै

लन्डनः इङ्लिस प्रमियर फुटबलमा लिग लिडर लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। सनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुललाई जिताउन साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे। घरेलु मैदानमा प्यालेसका लागि जाहाले एक गोल फर्काएका थिए। 

खेलको ४९ औं मिनेटमा लिभरपुलका लागि मानेले गोल गरेका हुन्। खेलको ८२ औं मिनेटमा जाहाले गोल गरेपछि क्रिष्टलले लिभरपुलसंग अंक खोस्ने संकेत गरेको थियो। 

तर अन्तिम ५ मिनेट सम्मालिन नसक्दा प्यालेस अंक गुमाउन बाध्य भयो। फिर्मिन्होले ८५ औं मिनेटमा गोल गरेपछि लिभरपुललाई २–१ गोल अन्तरले विजयी भएको हो।

यता साविक विजेता म्यानचेस्टर सिटीले बलियो प्रतिद्वद्वि चेल्सीलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ। खेलमा अग्रता भने चेल्सीले लिएको थियो।

खेलको २१ औं मिनेटमा एनुगोलो कान्टेले गोल गरे। पहिलो हाफ मै सिटीले दुई गोल फर्कायो। खेलको २९ औं मिनेटमा केभिन डी ब्रुएन र ३७ औं मिनेटमा रियाद महरेज सिटीका लागि गोल गरेका थिए। दोस्रो हाफमा थप गोल हुन सकेन र खेल सिटीले खेलको नतिजा आफ्नो पोल्टामा पार्यो। 

लिगको र्शीष स्थानमा लिभरपुल रहेको छ। लिभरपुलले १३ खेलबाट ३७ अंक जोडेको छ। त्यस्तै सिटीले पनि समान खेलबाट २८ अंक जोडेको छ।

तेस्रो स्थानमा रहेको सिटी लिभरपुल भन्दा ९ अंकले पछाडी रहेको छ। दोस्रो स्थानमा २९ अंक सहित लिचेस्टर सिटी र चौथो स्थानमा चेल्सीको २६ अंक छ। लिभरपुलसंग पराजित भएको प्यालेस १५ अंक सहित १३ औं स्थानमा छ।

गए राती नै भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेको छ। आर्सनलको घरेलु मैदन इमिरेट्स स्टेडियममा एलेक्जेन्डर लाकाजेटले दुई गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो।

खेलको आठौं मिनेट र ७१ औं मिनेटमा साउथह्याम्पटन गोल गरेको थियो। १८ औं र इन्जुरी समयको अन्तिम मिेनेटमा लाकाजेटले गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो। अर्सनल १८ अंक सहित लिगको सातौं स्थानमा छ। त्यस्तै साउथह्याम्टन भने ९ अंक सहित रेलिगेसन जोनमा रहेको छ।

जोसे मोरिन्होले सम्हालेको पहिलो खेलमा टोटेनहममा विजयी भएको छ। टोटनहमले वेष्टह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलमा सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे। टोटनहमका लागि खेलको ३६ औं मिनेटमा सनले, ४३ औं मिनेटमा मौराले र ४९ औं मिनेटमा कप्तान केनले गोल गरेका हुन्।

वेष्टह्यामका लागि मिचिल एन्टोनियो र एन्गेलो ओग्बोनाले एक एक गोल गरे। खेलको ७३ औं मिनेटमा एन्टोनियो र खेलको इन्जुरी समय ओग्बोनाले एकएक गोल गरेपछि टोटेनहम ३–२ ले विजयी भएको हो। जितसँगै टोटेनहम १३ खेलबाट १७ अंक सहित छैटौं स्थानमा रहेको छ। वेष्ट ह्याम १३ अंक सहित १६औं स्थानमा छ।

लिग अन्तर्गतका अन्य खेलमा लिचेस्टार सिटीले ब्राइटनलाई २–० ले, नर्विचले एभर्टनलाई २–० ले, बर्नलीले वाट्फोर्डलाई ३–० ले र उल्भ्सले बर्नेमाउथलाई २–१ ले पराजित गरेको छ। 

 

प्रकाशित: ८ मंसिर २०७६ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App