जयललिताको मृत्युले बागमती अञ्चल यातायात कार्यालयको सेवा अवरुद्ध !

शुक्रबार, २४ मङि्सर २०७३, १७ : १४ नागरिक

कृष्ण ढुंगाना/पुष्पराज कोइराला

काठमाडौं–सवारी चालक अनुमतिपत्र आवेदनका लागि शुक्रबार बिहानै बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीले सधैँ जस्तै टोकन लिए। फराम भरे। तर कर्मचारीले फारमको विवरण कम्प्युटरमा इन्ट्री गर्न मानेन्।

शुक्रबार तमिलनाडुका सरकारी कार्यालय खुलेका छन्। अनियमितता र अव्यवस्थाको नमुना बनेको यातयात कार्यालयका कर्मचारीले भने जयललिताको मृत्युलाई कारण देखाएर 'विदा' अभ्यास गरेका हुन्।

बिहान ४ बजेदेखि जाडोमा लाइन लागेर बसेका उनीहरु आवेदन प्रक्रिया अघि नबढेपछि आक्रोशित देखिन्थे। ‘कम्प्युटर चलाउन आउँदैन भने मै चलाउँछु। यस्तो अव्यवस्था मैले दुनियाँमा देखेको छैन’, एक जना सेवागाह्री कार्यालय प्रमुखको कोठा अगाडिको भिडमा भन्दै थिए।

कार्यालय प्रमुख तेजनारायण यादबको कार्यालयभित्र प्रवेश गर्न खोज्ने ती युवालाई ढोकामा रहेका प्रहरीले रोके। दवाब बढ्दै गएपछि शुक्रबार मध्यान्ह कार्यालयले एउटा सूचना निकाल्यो।

‘शुक्रबार टोकन लिएकाहरुको फारम आइतबार पहिलो प्राथमिकता दिएर बुझिनेछ। प्राविधिक कारणले गर्दा फारम बुझ्न नसकेको क्षमा चाहन्छौं’, सूचनामा भनिएको थियो।

कार्यालयले सूचनै जारी गरेर सेवा अवरुद्ध भएको बताए पनि दिउँसो दुई बजेसम्म एक हुल सेवाग्राही केही चमत्कार भइहाल्छ कि भनेर भन्ने आशम यातायात कार्यालय परिसरमै वरपर गरिरहेका थिए।

सेवाग्राहीको गुनासो बढेपछि कार्यालय प्रमुख तेजनारायण यादब आफैँ भुइँतलामा ओर्लिए।कर्मचारीसँग सोधीखोजी गरे। ‘के भएको हो? हामीले किन सेवा दिन नसकेको हो?’ सरकारी कर्मचारीले भर्खरै सरुवा भएर अाएका हाकिमलाई रिपोर्ट गरे, ‘सर्भर डाउन छ सर। सर्भर चेन्नाइमा रहेकाले हामीले केही गर्न सक्ने अवस्था छैन। जयललिताको मृत्युले चेन्नाइ विदा छ।’

तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको ५ डिसेम्बरमा मृत्यु भएको थियो। उनको मृत्युमा सरकारी निकायका लागि चेन्नाइ सहित तमिलनाडुमा ३ दिन विदा र ७ दिन शोक मनाउने निर्णय त्यहाँको प्रान्तीय सरकारले गरेको थियो।

उनको शोकमा दिएको तीनदिने विदा बिहीबारै सकिएको छ। शुक्रबार तमिलनाडुका सरकारी कार्यालय खुलेका छन्। अनियमितता र अव्यवस्थाको नमुना बनेको यातयात कार्यालयका कर्मचारीले भने जयललिताको मृत्युलाई कारण देखाएर 'विदा' अभ्यास गर्दै सर्वसाधारणलाई खाली हात फर्काएका हुन्। सामान्यतः सर्भर सेवा प्रदायक कम्पनीले २४ घन्टै 'सपोर्ट' सेवाको व्यवस्था गरेका हुन्छन्।







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad