coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघको छालासहित ६ जना पक्राउ

धादिङ – प्रहरीले धादिको गजुरीबाट पाटे बाघको छालासहित ६ जना पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।

गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार उनीहरु पक्राउ परेका हुन्। छालासहित पक्राउ गरिएकाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ।

बाघको छाला बेचविखन गर्ने उदेश्यले ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धादिङको संयुक्त टोलीले पक्राउ गर्न सफल भएका हुन्। घटनास्थल पृथ्वी राजमार्गबाट आठ सय मिटर माथि दक्षिणमा पर्दछ।

वालसिंह भन्ने ठाउँबाट राजमार्गतर्फ मोटरसाइकलमा बोकी ल्याईदै गरेको अवस्था पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘बेचविखन गर्ने उदेश्यले बाघको छाला ल्याइदैछ भन्ने सूचना हामीले पायौँ,’ प्रहरी उपरीक्षक बैदवारले भने, ‘बा १८ प ९६९३ नम्बरको मोटरसाईकलको पछाडि बसेकाले जेब्रा झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा भेटेका हौँ।’

प्रहरीले बाघको छालासहित उनीहरु सवार अन्य दुईवटा मोटरसाइकल ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। साथै उनीहरुले प्रयोग गरिएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

बरामद गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइने जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७६ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App