जातीय सोच बदलौं

आइतबार, ०८ मङि्सर २०७६, १० : ०६ नागरिक

सीमा नेपाली
एकदिन छिमेकीको घरमा पूजा लगाए । त्यो घरकी दिदी पूजाको प्रसाद हाम्रो घरको सिँढीमा राखेर फर्किछन् । केही समयपछि आमा घरबाहिर निस्किँदा सिँढीमा प्रसाद देख्नुभयो । अनि अर्को घरकी दिदीसँग सोध्नुभयो– ‘कसले यो प्रसाद यहाँ राखिदिएकोरहेछ ?’ ती दिदीले भनिन्– ‘पल्लो घरकाले पूजाको प्रसाद राखिदिएका हुन् ।’ अनि आमाले रिसाउँदै भन्नुभयो– ‘हामी कुकुर हौं र, सिँढीमा प्रसाद राखिदिने ? बोलाएर त दिनुपर्छ । हामी खाँदैनौं यस्तो प्रसाद ।’ त्यसपछि आमाले देख्ने गरी प्रसाद नजिकैको कुलोमा फालिदिनुभयो ।

हामी बोल्न सक्छौ, शिक्षित छौं, सहरमा बस्छौं र त यस्ता विभेद भोगिरहेका छौ । झन् दुर्गम गाउँमा बस्ने सामाजिक, आर्थिक, शैक्षिक पहुँचबाट टाढा लाखौं दलितको अवस्था कस्तो होला ? न उनीहरू विभेदविरुद्ध बोल्न सक्छन्, न त कानुनमा यस्तो छ भनेर अधिकार खोज्न सक्छन् । चुपचाप विभेद सहनुबाहेक अरू उपाय नै छैन । आवाज उठाउन खोज्दा धेरै दलितको ज्यानै गएका घटना छन् ।  

दलित समुदायले दिनहुँजसो भेदभाव, छुवाछूत, हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधको सिकार हुनु परिरहेको छ । विभेद गाँउदेखि सहरसम्म व्याप्त छ । प्रत्यक्ष÷अप्रत्यक्ष जहाँतहीं दलितले छुवाछूत भोगिरहेका छन् । गाउँघरमा गर्ने र सहरबजारमा गर्ने विभेदको स्वरूप मात्र फरक हो ।

नेपालका हरेक गाउँमा विभिन्न राजनीतिक दलका संगठन छन् । त्यसैले जातीय विभेद अन्त्य गर्ने लक्ष्य लिएर राजनीतिक पार्टी लागे भने धेरै हदसम्म विभेद कम गर्न सकिन्छ ।

जातीय विभेद हटाउन न सामाजिक अन्तरघुलन, न आर्थिक पहुँच, न शैक्षिक पहुँचले काम गरेको देखिन्छ । आर्थिक, सामाजिक, शैक्षिक रूपमा दलित समुदायको पहुँच हुनुपर्छ । राज्यका हरेक निकायमा दलित समुदायको सहभागिता बढाउनुपर्छ । त्यसैका लागि दलित समुदायले वर्षौंदेखि आवाज उठाइरहेका छन् । तर यी कुरासँगै मानिसको सोच बदल्न पनि उत्तिकै आवश्यक देखिन्छ । जबसम्म सोच बदलिँदैन, तबसम्म विभेद हट्ने देखिँदैन । सोच बदल्न सिंगो राज्य, समाज जिम्मेवार भएर लाग्न आवश्यक छ ।

जातीय विभेद तथा छुवाछूत हटाउन कानुन नबनेका होइनन् । २०२० सालकै मुलुकी ऐनले जातीय भेदभाव अन्त्य घोषणा गरेको हो ।  जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन– २०६८ बन्यो ।  नेपालको संविधान २०७२ मा जातका आधारमा विभेद तथा छुवाछूत गर्न पाइँदैन भनिएको छ । गरे कानुनी कारबाही हुने व्यवस्था गरिएको छ । तर ती कानुन प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिँदैन । ती कानुन कार्यान्वयन गर्ने जिम्मा राज्यको हो ।

गैरदलित समुदायले पनि जातीय छुवाछूत र भेदभाव जघन्य अपराध हो, कसैलाई जातका आधारमा विभेद गर्नु हुँदैन भन्ने कुरा आत्मैदेखि आत्मसात् गर्न जरुरी छ । हुन त ६० ÷७० वर्ष पहिलाको स्थिति र अहिलेको स्थिति उस्तै छैन । तर विभेदको रूप बदलिएको छ । पहिला प्रत्यक्ष भेदभाव गर्थे, अहिले अप्रत्यक्ष गर्छन् ।

अहिले मेरो परिवार बसोबास गर्ने ठाउँ उपमहानगरपालिकामै पर्छ । हामी एक घर मात्र दलित छांै, वरिपरि गैरदलित छन् । बुवा पढेलेखेको, राजनीति गर्ने व्यक्ति भएकाले होला, सामाजिक काममा उनीहरू बुवासँग सहयोग माग्छन् । तर तिनीहरूका घरमा विवाह, व्रतबन्ध, पूजा हुँदा हामी दलित भएकै कारण बोलाउँदैनन् । बोलाएनन् त्यो पनि ठीकै छ, तर अप्रत्यक्ष विभेदको स्वरूप देखाउँछन् । यहाँसम्म कि व्रतबन्ध, पूजामा दलितलाई बोलाउनु हुन्न, प्रसाद खान दिनुहुन्न, खान दिए हामी अशुद्ध हुन्छौं भन्ने मान्यता त्यहाँका केही गैरदलितमा छ । हाम्रो घरमा कोठा खोज्न आउने मान्छेहरूसँग पनि ‘ए त्यो त दलितको घर हो, तपार्इं बस्नुहुन्छ र भन्ने प्रश्न गरेको पछि घरभाडामा बस्नेहरूले सुनाए ।  यस्तो खालको अप्रत्यक्ष विभेद सहरमा छ ।

मेरो दिदीको छोरीसँग पढ्ने एकजना साथीले शिक्षकलाई कहिले हात जोडेर नमस्कार गर्दारहेनछन् । एकदिन छोरीले साथीलाई  सोधिछन्– ‘तिमी किन शिक्षकलाई हात जोडेर नमस्कार गर्दैनौ ?’ साथीले ठाडो जवाफ दिएछन्– ‘म कामी–दमाईंले जस्तो हात जोड्दिनँ ।’ हाम्रो जातलाई यति घृणा गर्दा रहेछन् भनेर छोरीलाई अचम्म लागेछ । कसैले सोधे छोरीले आफ्नो जात भन्दिनन् ।

विभेदको कुरा गर्दा बच्चा कस्तो परिवारमा जन्मेको छ, हुर्केको छ, कस्तो संस्कार सिकेको छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । त्यसैले शिक्षा पनि सोच बदल्ने एउटा माध्यम हो । विद्यार्थी धेरै समय शैक्षिक संस्था (स्कुल, कलेज) मा हुन्छन् । त्यसैले सानैदेखि सबै शैक्षिक तहका पाठ्यक्रममा जातीय विभेद जघन्य अपराध हो, समाज विकास र समृद्धिको बाधक हो भन्ने कुरा समावेश गराउनुपर्छ । शिक्षकले पनि विभेद हटाउने सोचसाथ विद्यार्थीलाई शिक्षा दिनुपर्छ । नैतिकता र समाज परिवर्तनका लागि शिक्षा हो भन्ने सोचाइ नै छैन । शिक्षा जागिर खानका लागि मात्र भन्ने गलत सोचाइ छ । शिक्षाको तल्लो तहबाटै विभेद गर्नु हुँदैन, कोही मान्छे सानो र ठूलो हँुदैन भन्ने ज्ञान दिइयो भने धेरै विद्यार्थीको सोच बदल्न सकिन्छ । उसले परिवारको सोच बदल्न सक्छ, अनि परिवारले एउटा गाउँ बदल्न सक्छ, अनि गाउँले देश । 

म ‘रिसर्च’का लागि सुर्खेतको एउटा गाउँ पुगेकी थिएँ । जहाँ कामी, सार्की र राना क्षेत्रीको बसोबास रहेछ । मैले सुनेको– त्यो गाउँमा पनि पहिला जातीय विभेद थियो रे । जब माओवादी जनयुद्ध सुरु भयो, तब त्यसको प्रभाव त्यहाँका जनतामा पनि प¥यो । राजनीतिक प्रशिक्षण पाए । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनयुद्धमा सहभागी भए । त्यसपछि उनीहरूको सोच परिवर्तन भयो । अहिले त्यो गाउँमा विभेद छैन । दलितहरू गैरदलितको घरभित्र चुलोमै जाने, बस्ने र खाने गर्छन् । म आफंै पनि गैरदलितको घरमा गए बसें ।

एउटा गाउँ मात्र विभेदमुक्त भएर हुँदैन । सिंगो नेपाली समाज भेदभावदमुक्त हुनुपर्छ । समाजको सोच बदल्न राजनीति पनि एउटा पाटो रहेछ भन्ने यो एउटा उदाहरण मात्र हो । राजनीतिक पार्टीले चाहे भने सोच बदल्ने काम गर्न सक्छन् । नेपालका हरेक गाउँमा विभिन्न राजनीतिक दलका संगठन छन् । त्यसैले जातीय विभेद अन्त्य गर्ने लक्ष्य लिएर राजनीतिक पार्टी लागे भने धेरै हदसम्म विभेद कम गर्न सकिन्छ ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad