७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाँचौ लमजुङ महोत्वस सुरु

लमजुङ- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले लमजुङ उद्योग, व्यापार, कृषि, जडीवुटी जलस्रोत र पर्यटकीय जस्ता धेरै क्षेत्रमा सम्भावना भएको जिल्ला भएकाले बताएका छन्।

 ‘उद्योग, ब्यापार, पर्यटन, तथा कृषिको प्रबद्र्धनःजलबिद्युतमा लगानी र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ सदरमुकाम वेसीशहरमा शुक्रबार देखि आयोजना गरिएको पाँचौं लमजुङ महोत्सव २०७३ को उद्‍घाटन गर्दै मन्त्री महराले सो कुरा बताएका हुन्। पहाडी जिल्लाहरु मध्ये धेरै क्षेत्रमा प्रचुर संभावना रहेको आफुले बुझेकाले ति सबैको उजागर गर्दै मुख्य–मुख्य क्षेत्रलाई प्राथमिकता दिएर ठोस योजना निर्माण गरि अघि बढ्नु पर्नेमा उनले जोड दिए।

राजनीतिक परिवर्तन सँगै मुलुकमा विकास निर्माणको लागि उपयुक्त वातावरण सृजना भएको बताउँदै ठूला लगानीकर्ता लाई यस जिल्लामा भित्र्याउने तर्फ यहाँका सरोकारवालाहरु लाग्नु पर्ने सुझाव उपप्रधान मन्त्री महराले दिए। ‘लमजुङ लाई ‘हाईड्रोमेडेल’ जिल्लाका रुपमा स्थापित गराउन यहाँका राजनीतिक दल, प्रशासन, जिविस तथा नीजि क्षेत्रले गरेको पहल र प्रयासका बारेमा मैले नजिकबाट बुझेको छु,’ महराले थपे, ‘त्यसलाई व्यवहारमा ल्याउनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल कदमीका लागि म प्रतिवद्ध छु।’

                 

प्रकाशित: २४ मंसिर २०७३ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App