१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधुरो निर्माणले झन सास्ती

विराटनगर - प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालित विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न नहु“दा स्थानीयले सास्ती खेप्नुपरेको छ। विराटनगरको बरगाछीस्थित ६ लेन सडकखण्ड निर्माण सुस्त हुँदा बजार क्षेत्र प्रदुषित भइरहेको छ। धुलोले स्थानीयले सास्ती खेप्नुपरेको छ। सडकमा परेका खाल्डाका कारण सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

गत वर्ष आधा भाग कालोपत्रे गरेको वरगाछी महेन्द्रचोक सडकखण्डमा अहिले खाल्डैखाल्डा परेका छन्। विराटनगर शिवचोकका व्यापारी सन्तोष मण्डलले भने, ‘सडक निर्माण नहु“दा जति हैरानी थियो, अधुरो निर्माणले झन् धेरै हैरानी भएको छ।’ शिव मन्दिरचोक आसपासमा ६ लेन सडकको काम अधुरो छ। मालबाहक गाडी र अन्य सवारीसाधनको चाप रहेको ६ लेन सडकको धुलोले यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको उनले बताए। अस्तव्यस्त सडकका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको मण्डल बताउँछन्।

विराटनगर बजार क्षेत्रको सडक निर्माण जिम्मा चुण्डिरमण कन्स्ट्रक्सनले पाएको छ। तर, चुण्डिरमण कन्स्ट्रक्सनले पेटी ठेकदारका रूपमा भूमि कन्स्ट्रक्सनलाई सडक निर्माण जिम्मा दिएको छ। सडक भत्काएको चार वर्ष बितिसके पनि अझैसम्म निर्माण अधुरै छ। अत्यधिक सवारी चाप हुने यो सडक समयमै निर्माण सम्पन्न गर्नेतर्फ संघीय सरकारले ध्यान नदिँदा समस्या भएको स्थानीय बताउँछन्। संघीय सरकारअन्तर्गतको ६ लेन सडक निर्माणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पटक–पटक सडक निर्माण आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई डाकेर चा“डो काम सक्न दबाब दिए पनि ठेकेदारले विभिन्न बाहना देखाउ“दै आलटाल गरिरहेका छन्।

संघीय सरकारअन्तर्गतको ६ लेन सडक मात्रै हैन विराटनगर महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाको कामसमेत समयमै नसकिँदा सहर धुलाम्मे छ। सबैजसो सडक भत्किएकाले आवतजावतमासमेत समस्या छ। विराटनगरमा विकास निर्माणका काम व्यवस्थित नहु“दा, धुलो, हिलो र सवारी जामले सतायको स्थानीय बताउँछन्। ६ वर्षअघि एसियाली विकास बैंकको सहयोगमा मझौला सहरको एकीकृत वातवरणीय सुधार परियोजनाका रूपमा सुरु भएको सडक, ढल र नाला निर्माणले अझैसम्म पूर्णता पाउन सकेको छैन। दुई वर्षपहिले मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाको नाम परिवर्तन गरी हाल क्षेत्रीय सहरी विकास परियोजनाका रूपमा अघि बढाइएको छ। दुई वर्षभित्र विराटनगरको ७४ किलोमिटर सडक कालोपत्रेसहित मुख्य नाला च्याङवारी पैनी ७ सय मिटर, २०.८ किलोमिटर ढल र २६ किलिोमिटर सडक नाला निर्माण गर्न २ अर्ब ६३ करोड रूपैया“मा चिनिया“ कम्पनी झोङ्हेङ कन्सट्रक्सनस“ग परियोजनाले ठेक्का सम्झौता गरेको थियो।

सन् २०१७ को नोभेम्बर २ मा निर्माण सुरू गरी परियोजनाले विराटनगरको मुख्य बजार क्षेत्रको ढल, नाला तथा सडक कालोपत्रे काम १ नोभेम्बर २०१९ मा सम्पन्न गर्ने लक्ष लिएको थियो। तर, निर्धारित अवधिभित्र ८० प्रतिशत काम मात्रै सम्पन्न भएको परियोजनाले जनाएको छ। क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले। विद्युत् पोल सार्न ढिलाइ, बजेट निकासीमा विलम्बलगायत कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको बताए। न्यौपानेले आगामी बर्खाअघि नै काम सम्पन्न गर्नेगरी ठेकदार कम्पनीको म्याद थप गर्न परियोजनाले सिफारिस गरेको जानकारी दिए। उनका अनुसार कालोपत्रेबाहेकका काम लगभग पूरा भइसकेको बताए।

हाल विराटनगरको मुख्य बजार क्षेत्रमा सडक कालोपत्रे काम भइरहेको छ। ढल बिछ्याउन बा“की रहेको देवकोटाचोक, अस्पताल चोकमा पनि काम सुरू गरिसकेको उनले बताए। यो सडक खण्डमा प्रदेशसभा भवन छ। यो सडक निर्माण संसद्को हिउ“दे अधिवेशन सुरू हुनुभन्दा पहिलै सम्पन्न गर्ने गरी काम अघि बढाइएको बताएको छ। परियोजनाले मुख्य सहरका ठूला र धेरै सवारी चाप हुने सडकलाई प्राथमिकता दिई कालोपत्रे भइरहेको जनाएको छ।

केही दिन पहिले विराटनगर शिवचोक पश्चिमतर्फको सडक कालेपत्रे नभएको भन्दै स्थानीयले नगर प्रमुख भीम पराजुलीको पोष्टर बिजुलीको पोलमा टा“गेर विरोध जनाएका थिए। चाँडा सडक निर्माणमा दबाब दिन नगरप्रमुखको पोष्टर बिजुलीको पोलमा टाँगेको स्थानीय प्रकाश थापाले बताए।

प्रकाशित: ८ मंसिर २०७६ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App