coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्ती बोकेको बस गल्छीमा दुर्घटना

धादिङ - नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जन्ती लिएर जाँदै गरेको बस पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका - ६ बैरेनीबजारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको बा २ ख ६२६८ नम्बरको  सो बस दुर्घटनामा ४० जना घाइते भएका छन्।

सडकको खाल्डो छल्ने क्रममा बस दुर्घटना हुँदा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका( ५ की १४ वर्षीया बालिका डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। रासस

प्रकाशित: ८ मंसिर २०७६ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App