७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

हेल्सीन्की-फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ ।

उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो काउन्सीलको आगामी बर्ष अर्थात सन् २०१७ देखि फिनल्याण्डले अध्यक्षता लिदैछ । हाल अमेरिका सो काउन्सीलको अध्यक्ष छ ।

उनीहरुकाबीचमा फिनल्याण्डको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने बार्षिक समारोहका बारेमा समेत छलफल भएको छ ।

ट्रम्पले यसअघि नोभेम्बरको अन्त्यतिर स्विडेन र डेनिसका प्रधानमन्त्रीसँग पनि टेलिफोनवार्ता गरेका थिए भने डिसेम्बरको सुरुमा नर्वेको प्रधानमन्त्रीसँग पनि वार्ता भएको थियो । रासस-सिन्ह्वा

प्रकाशित: २४ मंसिर २०७३ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App