coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक महिनाभित्रै भूमिगत प्रसारण लाइनको काम सुरु

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले पुस महिनादेखि भूमिगत विद्युत् प्रसारणलाइनको निर्माणसुरु गर्ने भएको छ। प्राधिकरणले गत चैतमा रत्नपार्क र महाराजगन्जवितरण केन्द्रकाग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्ने तयारीसहित बोलपत्रआह्वान गरेको थियो।

ठेकेदार कम्पनीले ठेक्का पाएको नौ महिनापछि भूमिगत तार बिछ्याउन सुरु गर्ने भएको छ। प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज विद्युत् वितरण केन्द्रका करिब एक लाख ग्राहकलाई भूमिगत लाइनबाट बिजुलीदिने योजना अघि सारेको छ।

प्राधिकरणले काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले रत्नपार्क वितरण केन्द्र क्षेत्रमा र काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाले महाराजगन्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन वितरणको जिम्मेवारी पाएका छन्।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका लेखाप्रमुख शेखर विक्रम कार्कीले ठेकेदार कम्पनीले एक महिनाभित्रै रत्नपार्क वितरण केन्द्रअन्तर्गतको भूमिगत प्रसारणलाइन निर्माणको कामथाल्ने बताए।‘ठेकेदार कम्पनीले रत्नपार्क वितरणकेन्द्रका सम्पूर्ण घरधुरीको सर्भे सम्पन्न गरिसक्योे,’ उनले भने,‘ठेकेदार कम्पनीले भूमिगत प्रसारण लाइनको आवश्यक केबल तथा अन्य सामग्री भित्र्याइसकेको छ। त्यसैले पनि लगभग मंसिर मसान्त भित्रै प्रसारणलाइन निर्माणको काम सुरु हुनेछ।’

उक्त निर्माण कार्यको ठेक्का सम्झौतागत चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ। आयोजनाअन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न भ्याटसहित ८३ करोड १४ लाखलाग्ने अनुमान छ। आयोजनाका लेखाप्रमुखकार्कीले ठेकेदार कम्पनीलेडाउन पेनेट्रेसन राडारमार्फत जमिनमुनिको नक्सातयार पार्ने कामअन्तिम चरणमा पु¥याएको बताए।

‘भूमिगत प्रसारणलाइन जमिनमुनिबाट राख्ने भएकाले पनि जमिनमुनि कस्तो पूर्वाधार छ भनेर अध्ययनगर्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने,‘त्यसैले पनिअब छिट्टै काम सुरु हुनेछ।’ प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर बिजुलीको तार राखिनेछ। आयोजनाका अनुसार काठमाडौंको भित्रीइलाकाअसन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगततार विस्तार गर्न लागिएको हो।

काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले ठेकेदार कम्पनीले सर्भेको कामलगभग सम्पन्न गरेको बताए। ‘ठेकेदार कम्पनीले महाराजगन्जवितरण केन्द्रकाग्राहकको सर्भेको कामलगभग सम्पन्न गरि सक्यो,’ उनले भने,‘अहिले ठेकेदार कम्पनीले भूमिगत विद्युतीय प्रसारणलाइननिर्माणको लागिआवश्यक पर्ने सामग्रीखरिद गरिसकेको छ।’ उनका अनुसार भन्सार यार्डमा आवश्यक निर्माण सामाग्री ल्याउने क्रम सुरु भइसकेको छ।

गत चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तारको लागि एक अर्ब एक करोड ६९ लाखरुपैयाँमा ठेक्का सम्झौताभएको छ। ११ केभीको भूमिगत प्रसारण लाइन एक सय ५५ किलोमिटर र ४०० सय भोल्टको दुई सय १० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तार गरिनेछ। दुवै आयोजना ठेक्का सम्झौताभएको ३० महिनाभित्रै निर्माण सम्पन्नगर्नुपर्ने व्यवस्थागरिएको छ।

‘भूमिगत प्रसारण लाइनलाईसुरक्षाको लागिमात्रै नभएर विद्युत्क्षमताविस्तार गर्ने अवसरको रुपमापनि लिनुपर्छ,’ आयोजनाप्रमुखअधिकारीले भने, ‘विश्वका धेरै देशमाभूमिगत प्रसारण लाइन छ। नेपालमाभने बिल्कुलै नयाँहो।’

भूमिगतविद्युत् प्रसारण लाइनविस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ। ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ। चार सयभोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्रइन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ। इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सन ९इपिसी० मोडलमा यो कामगर्न लागिएको हो। ‘होरिजेन्टल ड्रिलिङ प्रविधिबाट भूमिगतविद्युत् प्रसारण लाइनविस्तार गर्न लागेकाहौं,’ उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट बिजुलीकोलाइनविस्तार गरिनेछ।’

प्राधिकरणका अनुसार मेलम्चीखानेपानीपाइपविस्तारकाक्रममा सडक खन्दा सर्वसाधारण आतंकितभएकाले भूमिगतविद्युत् प्रसारण लाइनविस्तारकालागि छुट्टै विधिअपनाइनेछ। प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिन’को सहायताले जमिनमुनि खाल्डो खनेर बिजुलीको तार राख्नेछ।‘एक ठाउँमा खाल्डो खनेर अन्डरग्राउन्डमार्फत नै तार बिछ्याइने योजनाबनाएका छौं,’ श्रेष्ठले भने, ‘मेलम्चीले पाइपाइन बिछ्याए जस्तो समस्याआउनदिने छैनौं,’ उनले भने। प्राधिकरणले एसियालीविकास बैंक ९एडिबी० सँग साझेदारी गरेर पहिलो चरणमा महाराजगन्जवितरण केन्द्र र रत्नपार्क केन्द्रले ओगटेका क्षेत्रमाभूमिगत प्रसारण लाइनविस्तार गर्न लागेको हो।

प्रकाशित: ८ मंसिर २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App