coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यौन दुर्व्यवहार आरोप लागेका श्रेष्ठलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश

ललितपुर- ललितपुरको लगनखेल नकवहिलस्थित नेसनल चिल्ड्रेन स्कुलमा यौन दुर्व्यवहार गरेको आरोपमा ६२ बर्षीय दिवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षको लागी थुनामा राख्न आदेश दिएको छ। कक्षाकोठामा पढिरहेका  वालिकाहरुलाई टाई, परिचय पत्र मिलाईदिने बहानामा यौनजन्य दुव्र्यबहार गरेको भन्दै विद्यार्थीहरुले गत कार्तिक २९ गते अभिभावकलाई जानकारी गराएपछि अभिभावकहरुले विद्यालय परिसरमा नारा जुलुस गरेपछि प्रहरीले श्रेष्ठलाई २९ गते नै पक्राउ गरी अनुसन्धान थालेको थियो।

जिल्ला अदालतले मुद्दा पूर्पक्षको लागी २३ गते कारागार चलान गर्न जावलाखेल प्रहरीलाई आदेश दिएको हो।

कक्षा ५ का ९ जना छात्राले आफ्ना अभिभावकसँग लेखापालले दुव्र्यवहार गरेको भनेपछि अभिभावकहरुले यौन दुव्र्यवहार भएको भन्दै विद्यालयमा घेराउ गरेका थिए। घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रहरीले पीडित छात्रासँग सोधपुछ गर्दै आएको छ। विद्यालयकी प्रधानाध्यापक रिता श्रेष्ठका अनुसार लेखापाल श्रेष्ठ ३५ वर्षयता विद्यालयमा लेखापालका रुपमा कार्यरत छन्।

 

 

प्रकाशित: २४ मंसिर २०७३ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App