४ वैशाख २०८१ मंगलबार
खेल

कुश्ती कभर्डहल अझैं निर्माण प्रक्रियामै

धनुषा - आगामी मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटिरहेको छ। आयोजनाको मिति आउन सात दिन मात्र बाँकी छँदा अभैm पनि पूर्वाधार र खेलस्थल निर्माणलगायत व्यवस्थापकीय काम अलपत्रै छ। देशको प्रतिष्ठा र गौरवसँग जोडिएको सागको तयारी उद्घाटन कम्तीमा एकहप्ता अगाडि नै सकिनुपर्ने थियो। यद्यपि, त्यस्तो अवस्था बन्न सकेन। नेपालमा सम्पन्न दुई सस्ंकरणमा पनि साग खेलका प्रतिस्पर्धा उपत्यकाभन्दा बाहिर भएका थिएनन्।

तर, इतिहासमा पहिलो पटक उपत्यकाभन्दा बाहिर ९ खेल हुँदै छ। खेल प्रतिस्पर्धा हुने तीन सहर काठमाडौं, पोखरा र जनकपुर हो। जसमा पोखरामा ९ खेल हुने भनिए पनि प्याराग्लाडिङको प्रतिस्पर्धा नहुने भएपछि ८ खेल प्रतिस्पर्धा हुनेछन्। जनकपुरधाममा भने कुश्तीको खेल हुनेछन्। नेपालमा कुश्तीका लागि उर्भरभूमि रहेको प्रदेश–२ को जनकपुरधाममा मंसिर २० गतेदेखि २३ गतेसम्म कुश्तीका खेल हुनेछन्।

कुश्ती जनकपुरधामस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने। यसका लागि कभर्डहलको मर्मत तथा सम्भार, स्टेज र भिआइपी कक्षको निर्माणलगायतका कार्यहरू भइरहेका छन्। यद्यपि, अभैm पनि निर्माण कार्य सम्पन्न भइसकेका छैनन्। कुश्ती खेलको तयारीका लागि जिल्ला खेलकुद विकास समितिलगायत निकायहरू खटिरहेका छन्।

तथापी यो अवसरलाई सफल बनाउन तयारीमा तीव्रता दिइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए। प्रतियोगिता हुने स्थानको निर्माण अन्तिम चरणमा समितिका अध्यक्ष चौधरीको दाबी छ। एक हप्ताभित्र सम्पूर्ण काम पूरा हुने उनले विश्वास व्यक्त गरेका छन्। जनकपुरको कर्भडहल धनुषा जिल्ला खेलकुद विकास समितिको संरक्षणमा छ।

तर, बजेट र पूर्वाधारको अभावमा त्यहाँ प्रशिक्षक बस्ने एक–दुई कोठाबाहेक प्राय सबै ठाउँ जीर्ण अवस्थामा थियो। ‘सबैतिर मर्मत गरेर भए पनि कुश्तीलाई व्यवस्थित र भव्यरूपमा सम्पन्न गर्ने हाम्रो योजना छ,’चौधरी भने,‘त्यसैले तीव्र गतिमा काम भइरहेका छन्। प्रतियोगिताको दिनसम्म सबै राम्रो हुनेछ।’

चौधरीले भने प्रतियोगिता हुने दिनसम्म सबै काम सम्पन्न भए पनि नेपाली खेलाडीहरूले घरेलु मैदानमा अभ्यस्त हुन भने पाउने छैनन्। यसपटक कुश्तीमा दक्षिण एसियाका पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सागमा सहभागी सातमध्ये दुई राष्ट्र माल्दिभ्स र भुटानको भने कुश्तीमा प्रतिस्पर्धा हुनेछैन। सागमा पुरुष र महिला दुवैको कुश्ती एउटै कभर्डहलमा हुनेछ।
कभर्डहल  रङगाउने, बत्ती जडान, शौचालय निर्माण, खानेपानीको व्यवस्थापन र दर्शक बस्ने स्थान निर्माण अझैं पनि जारी रहेका छन्। आयोजना मिति आउन एक हप्ता मात्र बाँकी रहँदै अन्य स्थानजस्तै कुश्तीको अवस्था पनि उस्तै छ। चार दिनसम्म चल्ने कुश्तीमा पुरुषतर्पm पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दा महिला भने चार राष्ट्रको मात्र सहभागिता हुने कुश्तीका पूर्वमुख्य प्रशिक्षक मुमताज अलीले जानकारी दिए। महिलामा पाकिस्तानको सहभागिता छैन।

महिला र पुरुष दुवैतर्फ ७/७ तौलसमूहमा प्रतिस्पर्धा हुने कुश्ती प्रशिक्षक मुमताज अलीले जानकारी दिए। पुरुषतर्पm पाँच राष्ट्रका कुल ३५ र महिलामा चार राष्ट्रका कुल २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पुरुष र महिला दुवैमा सातै तौलसमूहमा प्रतिस्पर्धा हुनेछन्। नेपाली खेलाडीले पाँच महिनादेखि हेटौडाको कभर्डहलमा प्रशिक्षण गरिरहेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुश्तीको कभर्डहल मर्मतका लागि २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। प्रतियोगिता नजिकिँदै गरेकाले पछिल्ला समयमा राती पनि पनि काम भइरहेको छ। उक्त कभर्डहलमा करिब एक हजार दर्शक क्षमताको प्यारापिट रहेको छ। साथै नअटेको अवस्थामा कभर्डहल बाहिर स्क्रिन पनि देखाइने भएको छ।  जनकपुरधामको प्रमुख खेलकुदस्थल धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हल हो।

यसको निर्माण वि.सं. २०४० मा भएको थियो। तर, निर्माण भएको ३६ वर्षपछि मात्रै यस हलको मर्मतसम्भारको कार्य अगाडि बढाइएको हो। जीर्ण अवस्थामा रहेको कभर्ड हललाई सागको खेलकुदका लागि तयार गरिँदै छ। यसबीच यो अलपत्र अवस्थामा थिया। खेलकुदका लागि जनकपुरधाममा एउटा मात्र कभर्डहल रहे पनि यसको समय समयमा रङरोगन तथा मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा पुगेको थियो।

भ्रमण वर्षमा टेवा पुग्ने
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा घोषणा गरेको छ। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको साग प्रतियोगताले ठूलै टेवा पुग्नेछ। बाहिरबाट आउने पाहुनाका कारण यहाँका पर्यटकीय स्थलहरूको समेत प्रचारप्रसार हुनेछ।

नेपालको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको जनकपुरधामको प्रचारप्रसारका लागि कुस्तीका प्रतिस्पर्धाले टेवा पु-याउने स्थानीय सन्दिप साहले बताए। उनले जनकपुरधाममा हुन लागेको प्रतियोगितालाई ध्यानमा राखेर यहाँका पर्यटकीय स्थलहरूलाई सफा बनाउन प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरे।

जनकपुरधाममा पहिलोपटक सागको आयोजना भइरहेकाले यहाँका खेलाडी तथा स्थानीयवासीले ठूलै अवसरका रूपमा लिएका छन्। साग प्रतियोगिताले जनकपुरधामको खेलकुद क्षेत्रको विकासमा समेत मद्दत पु-याउनेछ। यहाँका खेलाडी र स्थानीयवासीहरू सागलाई लिएर उत्साहित रहे पनि प्रदेश सरकार अनुदार देखिएका छन्।

कुश्तीमा सहभागी नेपाली खेलाडी
पुरुषतर्फ
नरेश यादव–५७ केजी
सरोज यादव– ६५ केजी
सुरेश चुनरा–७० केजी
बुनिलाल यादव–७९ केजी
सागर यादव– ८६ केजी
सुमितकुमार साह– ८९ केजी
राज यादव–१२५ केजी

महिलातर्फ
मनीषा सिंह–५० केजी
सिभाङ्गी दुबे– ५३ केजी
संगीता धामी–५५ केजी
अम्बिका भण्डारी– ५७ केजी
कोमल ओली– ५९ केजी
शुसिला चन्द– ६२ केजी
निर्मला जागरी– ६८ केजी

प्रकाशित: ८ मंसिर २०७६ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App