coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

काठमाडौं – मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण सार्वजनिक गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को प्रचारप्रसार समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राविधिक विषयमा समितिका संयोजक गंगाबहादुर मगरले जानकारी गराएका हुन्। गंगाबहादुरका अनुसार समितिले सागमा सहभागी भएका खेल संघहरूसँग समन्वय गरी प्रशिक्षक एवम् प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम् खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशनसम्बन्धि काम पूरा भएको जानकारी दिए।

समितिले २६ खेलमा २ हजार ३५ प्राविधिक खटिने जनाएको हो। जसमा ६ सय १३ अन्तर्राष्ट्रिय, ७ सय ३२ राष्ट्रिय र ६ सय ९० सहायक प्राविधिक हुनेछज्। सागमा खटिने प्राविधिक जनशक्तिमध्ये काठमाडौंमा सर्वाधिक १ हजार ५ सय २, पोखरामा ४ सय ९१ र जनकपुर ४२ जना खटिने समितिका संयोजक गंगाबहादुरले जानकारी गराए। केही दिनभित्र नै खेल स्थलको निरीक्षण गरी आवश्यक सल्लाहसुझाव दिने संयोजक गंगा बहादुरको भनाइ छ।

‘केही खेल स्थलमा अझैं निर्माण कार्य भइरहेको छ। दुई/तीन दिनमा हामीले विभिन्न खेल स्थलमा निरीक्षण गर्ने तालिका बनाएका छौं,’ प्राविधिक संयोजक मगरले भने, ‘विभिन्न चरणमा खेलस्थल निरीक्षण हुनेछन्। सातदोबाटोको पौडी पोखरी मुख्य विषय हो। सम्बन्धित संघले दिएको जानकारीअनुसार हिटिङ स्वीमिङ पुल केही दिनमा बनिसक्नेछ।’

सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २६ खेल समावेश गरिएको छ। त्यसका लागि समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायरलगायत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरूलाई नेपाल आउन र उनीहरूको व्यवस्थापनका लागि काम गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतियोगिताको दौरानमा अपिल तथा विवाद समाधानका लागि सम्बन्धित खेलको नियमानुसार जुरीले समिति गठन गर्न पाउने अधिकार समितिले सम्बन्धित संघलाई दिएको छ। समितिका अनुसार दशरथ रंगशालामा उद्घाटन समारोह हुनेछ। उद्घाटन समारोहको दिन फुटबल गर्ने तालिका रहे पनि प्राविधिक कारणले दोस्रो दिन गर्ने समितिले जानकारी दियो। समापन समारोहमा फुटबल हुनेछ। २६ खेल समावेश भएको प्रतियोगितामा काठमाडौंमा २० खेल, पोखरामा ८ खेल र जनकपुरमा कुश्ती एक मात्र खेल हुँदै छ। सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ मंसिर २०७६ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App