७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालगञ्ज म्याराथनमा साउद च्याम्पियन

नेपालगन्ज म्याराथनका विजेतालाई पुरस्कृत गरिँदै। तस्बिर:नागरिक

नेपालगन्ज - पाँचौं धारा नेपालगन्ज म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका नवराज साउद च्याम्पियन भएका छन्। च्याम्पियन साउदले नगद ६५ हजार रुपैयाँ प्राप्त गरे। निर्धारित ४२ किलोमिटरको दूरी साउदले २ घन्टा २५ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए। दोस्रो स्थानमा रहेका खगेन्द्र भाटले २ घन्टा २५ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै नगद ४० हजार प्राप्त गरे। राजेन्द्र राउतले २ घन्टा २९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेपछि तेस्रो स्थानमा रहँदै नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

रामप्रसाद भट्टराई र देवराज महतराले क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे। एपिएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारुले सातौं स्थान प्राप्त गरे । शीर्ष आठ स्थान हासिल गर्ने धावकलाई एक समारोहबीच पुस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ नेपालगन्जमा शनिबार भएको महिला हाफ म्याराथनतर्पm पनि आर्मीकै बर्चस्व रह्यो।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले २१ किलोमिटरको दूरी १ घन्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै नगद ४० हजार रुपैयाँ प्राप्त गरिन्। दोस्रो स्थानमा जुम्लाकी राममाया बुढाले १ घन्टा ३० मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दा २० हजार रुपैयाँ प्राप्त गरिन्। एपिएफका कृष्णसोरी सिन्तकलाले तेस्रो स्थान प्राप्त गर्दा १० हजार प्राप्त गरिन्। मञ्जु रावतले चौथो र प्रतिक्षा मगरले पाँचौं स्थानमा प्राप्त गरे। पुरुषको १० किलोमिटर खुलातर्फ अजितकुमार यादव पहिलो भए।

३१ मिनेट ४० सेकेन्डमा दूरी पूरा गरेका अजितले १० हजार रुपैयाँ पाए। दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम बिष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे। रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ प्राप्त गरे। महिला ५ किलोमिटरमा काजल बिष्टले १८ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै १० हजार पाइन्।

जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन्। पाँच किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र बिक दोस्रो र कमल बिक तेस्रो भए। छात्रा तीन किलोमिटर दौडमा सीमा चौधरी प्रथम हुँदा पुर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन्। दुई किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे।

ह्वीलचेयर अन्तर्गत ट्राइसाइकल दौडमा यज्ञबहादुर खत्री प्रथम, सेवकराम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए। किड्स रनतर्पm मोडल एकेडेमी प्रथम, युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए। म्याराथनको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए।

दशवर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको  दिन वि.सं. २०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुुरीले बताए।

प्रकाशित: ८ मंसिर २०७६ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App