१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लेगानेसविरुद्ध बार्सिलोनाको संघर्ष

मड्रिड – तालिकाको पुछारमा रहेको लेगानेसविरुद्ध २–१ संघर्षपूर्ण जित निकाल्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगमा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ। लेगानेसको घरेलु मैदान इस्टाडियो म्युनिसपलमा भएको खेलमा बार्सिलोनाले पछिपरेको अवस्थामा पुनरागमन गर्दै जित निकाल्न सफल भएको हो। पहिलो हाफमा पछिपरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। लेगानेसका लागि युसुफ इन न्यास्रीले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्किएको हो। सन्तुलित खेल खेलेको भ्रमणकारी बार्सिलोनाका लागि लुइस स्वारेजले ५३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। लियोनल मेसीले उपलब्ध गराएको पासलाई स्वारेजले हेडरमार्पmत जाली चुमाउन सफल भए। त्यसपछि आक्रामक देखिएको बार्सिलोनाका लागि अटुरो भिडालले ७३औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीको अग्रता उल्टाए।

घरेलु टोली लेगानेस खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। शनिबार संघर्षपूर्ण जित निकालेको बार्सिलोनाले १३ खेलबाट २८ अंक जोड्दै शीर्षता कायम राखेको छ। पराजित लेगानेसको १४ खेलबाट ६ अंक छ। लेगानेस तालिकाको पुछारमा छ। ला लिगाअन्र्तगत शुक्रबार राती भएको खेलमा लेभान्तेले बढुवा भएको टोली मालोर्कालाई २–१ ले पराजित ग-यो।

पहिलो हाफ गोलरहित बराबरीमा खेलका दुवै टोलीले दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेका थिए। घरेलु टोली आक्रामक देखिएको खेलमा लेभान्टेले ५२औं मिनेटमा गोलको खाता खोलेको थियो। जोर्गे मारमोनले उपलब्ध गराएको पासलाई रोगर मार्टिले गोलमा परिणत गर्दै टोलीको अग्रता बढाएका थिए। तर त्यो अग्रता धेरै समय टिकेन।

६५औं मिनेटमा मालोर्काका लागि दानी रोड्रिग्वेजले गोल गर्दै खेल बराबरी ल्याए। त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भ्रमणकारी टोलीविरुद्ध लेभान्ते ७३औं मिनेटमा गोल गर्न सफल भयो। रुबेन रोचिनाले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। खेल सकिन चार मिनेट बाँकी रहँदा जोजे काम्पानाले दोहोरो पहेंलो कार्डको समाना गर्दा लेभान्ते १० खेलाडीमा सीमित भए पनि मालोर्का खेलमा फर्किन सकेन।

संघर्षपूर्ण जित निकालेको लेभान्ते १४ खेलबाट २० अंकका साथ तालिकाको १०औं स्थानमा छ भने पराजित मालोर्का समान १४ खेलबाट १४ अंकका साथ तालिकाको १६औं स्थानमा छ। लिगमा आइतबार पाँच खेल हुँदैछन्। रियाल मड्रिडले रियाल सोसिडाडको सामना गर्दा स्पानियोलले गेटाफे, ओसासुनाले एट्लेटिको बिलबाओ, एइबरले अल्भेस र भिया रियालले सेल्टाभिगोको सामाना गर्नेछन्।

लेगानेसको घरेलु मैदान इस्टाडियो म्युनिसपलमा बार्सिलोनाले पछिपरेको अवस्थामा पुनरागमन गर्दै जित निकाल्न सफल भयो। पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

प्रकाशित: ८ मंसिर २०७६ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App