coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डिसिसी गोल्डकप फुटबल हुने

सिन्धुपाल्चोक - जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यस वर्षदेखि डिसिसी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फुटबल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए। ‘जिल्लाका १२ स्थानीय तहबीच गोल्डकप खेलाउँदै छौं,’सुनौलो बिहानी अभियान चौताराले सदरमुकाममा गरेको खेलाडी प्रोत्साहन कार्यक्रममा समन्वय समिति प्रमुख तामाङ भने।

उनले गोल्डकप आयोजना र समग्र प्रतियोगिताको व्यवस्थापन गर्न सुनौलो बिहानीलाई प्रस्तावसमेत गरे। गोल्डकप आयोजना गर्न तयार भए आर्थिक सहयोग समन्वय समितिले गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। ‘जिल्लाका खेलाडीबीच आन्तरिक प्रतिस्पर्धा बढाएर राष्ट्रि«य स्तरकै लिग प्रतियोगिता खेल्न सक्षम बनाउने उद्देश्यले समन्वय समितिले गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो,’ प्रमुख तामाङले प्रष्ट पारे। आर्थिक सहयोग समन्वय समितिले गरे पनि गोल्डकप आयोजनाको व्यवस्थापन स्थानीय क्लबले गर्दा राम्रो हुने उनको भनाइ छ।

प्रतियोगिता सञ्चालनको विधि, समय र पुरस्कार राशिका सम्बन्धमा समन्वय समितिले कार्यविधि बनाउने तयारी गरिरहेको तामाङले जानकारी दिए। यसै वर्ष मात्र स्थापना भएको संस्थाले गत कात्तिकमा प्रथम नेपाल हिल्फे खुला पुरुष फुटबल प्रतियोगिताको उपविजेता बन्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको थियो।

साथै बिहानीले काभ्रेको पाँचखालमा यसै महिनाबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा भाग लिने आफ्ना खेलाडीलाई बिदाइसमेत ग¥यो। सो अवसरमा बिहानीले जिल्लास्तरीय फुटबल खेलाडी राकेश रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो। ‘राष्ट्रिय लिग नै खेल्ने योजना साथ खेलाडी तयार गरिरहेका छौं,’ सुनौलो बिहानीका सचिव सौगात कर्माचार्यले भने।

त्यसका लागि स्थानीय खेलाडीलाई संस्थामा आबद्ध गराएर नियमित प्रशिक्षण गराइ राखेको उनले जानकारी दिए। उनकाअनुसार सुनौलो बिहानीले यो वर्ष एन्फाले आयोजना गर्ने तल्लो डिभिजनको फुटबल खेल्ने तयारी गरेको छ।

प्रकाशित: ८ मंसिर २०७६ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App