coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलिया बलियो स्थितिमा

ब्रिसबेन – ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गरेसँगै अस्ट्रेलिया भ्रमणकारी टोली पाकिस्तानविरुद्धको पहिलो टेस्टमा सुखद नतिजाको संघारमा पुगेको छ। शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ। जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो। पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन्। ३३ बलको सामना गरेका आजमले २ चौका प्रहार गर्दा मन्सुदले ४७ बल खेल्दै ३ चौका प्रहार गरे।

आजम र मन्सुदले चौथो विकेटका लागि अविजित ३९ रनको साझेदारी गरिसकेका छन्। दोस्रो इनिङमा पाकिस्तानले १३ रन जोड्दा कप्तान अजहर अलीलाई पहिलो विकेटको रूपमा गुमाएको थियो। अली(५रन)लाई मिचेल स्टार्कले एलबिडब्लुको शिकार बनाएका थिए। थप १२ रन जोड्दा पाकिस्तानले ह्यारिस सोहिल र असहद साफिकलाई पनि गुमाएको थियो।

८ रन मात्र जोडेका सोहिललाई स्टार्कले कप्तान तथा विकेटकिपर टिम पायनेबाट क्याच गराएका थिए भने साफिकलाई प्याट कमिङस्ले स्टिभ स्मिथबाट क्याच गराए। पाकिस्तानका बलिङ प्रशिक्षक वाकर युनिसले युवा खेलाडीको बहुल्यता रहेकाले अस्ट्रेलियाविरुद्ध प्रदर्शन कठिन हुनु स्वभाविक भएको प्रतिक्रिया दिए।

‘नासिम शाह भर्खरै १६ वर्ष भए र साहिन अफ्रिदी पनि १९ वर्षको मात्र छन्। त्यसैले यो भ्रमणबाट यी खेलाडीले धेरै अनुभव बटुल्नेछन्,’युनिसले भने,‘उनीहरूबाट हामीले स्वभाविक प्रदर्शनको अपेक्षा गरेका छौं। उनीहरूले क्रमिक रूपमा सुधार गर्दै लानेमा हामी आशावादी छौं।’ यसअघि ३२१–१ बाट तेस्रो दिनको खेल सुरुआत गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ५ सय ८० रनको योगफलका साथ पाकिस्तानमाथि ३ सय ४० रनको अग्रता लिएको थियो।

अस्ट्रलियाका मार्कुस लाबुसेनले सर्वाधिक १ सय ८५ रनको योगदान गरे। यसै वर्ष इङल्यान्डविरुद्धको एसेस शृंखलामा ५० रन मात्र जोडेका मार्कुसले शनिबार संयमित प्रदर्शन गरेका थिए। ‘९७ रनमा खेलिरहँदा मैले धैर्य भएर प्रदर्शन गर्नेबारे मात्र सोचें। मैले कमजोर बलमा मात्र ठूलो सट खेल्ने सोचेका थिएँ,’मार्कुसले भने, ‘मेरो सपना साकार भएको छ। म निकै उत्साही छु।’

मार्कुसले २ सय ७० बलमा २० चौका प्रहार गर्दा बार्नरले २९६ बलमा १० चौका प्रहार गरे। दोस्रो दिन नो बलका कारण नासिम शाहबाट पवेलियन फर्कनबाट बचेका वार्नरलाई उनै नासिमले नै आउट गरे। त्यससँगै नासिमले टेस्ट क्रिकेटको मेडन विकेट लिए। उनले वार्नरलाई विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराएका थिए। त्यस्तै म्याथ्यु वेडले ६० र टार्भिस हेडले २४ रनको योगदान गरे।

शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ। जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो। पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन्।

प्रकाशित: ८ मंसिर २०७६ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App