coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी पोखरेललाई ‘मिडिया अवार्ड’

काठमाडौं- पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पुर्‍याएको भन्दै नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेललाई नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) ले पुरस्कृत गरेको छ। नाट्टाको स्वर्ण महोत्सवको अवसर पारेर पोखरेललाई शुक्रबार यो वर्षको मिडिया अवार्ड दिइएको हो। पर्यटन मन्त्री जीवनबहादुर शाहीले पोखरेललाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित पुरस्कृत गरेका थिए। नाट्टाले पोखरेल सहित अर्थतन्त्र डटकम अनलाइनका पत्रकार रामेश्वर कार्की, अर्थ र ब्यापारका नवीन काफ्ले र एबिसी टिभीकी शारदा थापालाई पनि पुरस्कृत गरेको छ।

पोखरेल नागरिक दैनिक स्थापनाकाल देखि नै पोखरामा कार्यरत छन् । उनले पर्यटन क्षेत्रलाई मुख्य रुपमा प्राथमिकता दिएर समाचार लेख्दै आएका छन् । कार्यक्रममा मन्त्री शाहीले संचारमाध्यमले पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको बताए । उनले कठिन अवस्थामा रहेको पर्यटन क्षेत्रलाई उकास्न संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष मधुसुदन आचार्यले पर्यटन क्षेत्रमा संचारमाध्यमले निकै नै गुन लगाएको बताए। स्वर्ण महोत्सवको अवसरमा नाट्टाले पूर्व अध्यक्ष सहित पर्यटन व्यावसायीलाई पनि सम्मान गरेको थियो। नाट्टाले पत्रकारिताको माध्यमबाट योगदान दिने पत्रकारहरुलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ। काठमाडौं बाहिर पहिलो पटक पत्रकार पुरस्कृत भएका हुन्।

 

प्रकाशित: २४ मंसिर २०७३ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App