८ वैशाख २०८१ शनिबार
समाज

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

मकवानपुर – मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ। विभिन्न स्थानमा मोटरसाईकल चोरी गर्ने चार जना र गाँजा ओसार्ने दुई जनालाई मकवानपुर प्रहरीले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

चितवनबाट मोटरसाइकल चोरी ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी, बाराकै कोल्वी नगरपालिका ६ पर्सौनीका २२ वर्षीय धिरज चौधरी, रौतहटको गजुरा नगरपालिका ४ का २२ बर्षीय राजकपुर चौधरी र गजुरा नगरपालिका ४ घर भई बाराकै निजगढ बस्ने ३१ वर्षीय ज्ञानेन्द्र चौधरी रहेका छन्।

पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका व्यक्ति भएको प्रहरीको भनाई छ। यसैबिच, मकवानपुर प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १२ का २७ वर्षीय राजकुमार तितुङ र ३२ वर्षीय वीरबहादुर तितुङ रहेका छन्।

मनहरीबाट हेटौंडा आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नेवारपानीमा जाँच गर्दा वीरबहादुरले बोकेको झोलामा साँढे पाँच किलो गाँजा बरामद भएको प्रहरीको दाबी छ। उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत दुई वर्षदेखि दश वर्ष कैद र १५ हजार रुपैंयादेखि एक लाख रुपैंयासम्म जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान छ।

प्रकाशित: ७ मंसिर २०७६ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App