८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट अवैधरुपमा ल्याउन लागेका भैसि सहित ७ पक्राउ

रौतहट- भारतबाट अवैधरुपमा ल्याइएका १२ भैसि सहित सात नेपालीलाई रौतहट प्रहरीले पक्राउ गरेको   छ। सीमावर्ती भारतीय बजारवाट राजस्व छलेर नेपालतर्फ भित्रयाउँदै गरेका १२ वटा लैना भैसि सहित ७ जनालाइ प्रहरीले पक्राउ गरेको हो।

भारतबाट खरिद गरेर सर्लाहीको बलरा नाका हुँदै रौतहटको सरुअठा तर्फ ल्याउदै गर्दा जिल्ला प्रहरी कार्यालय गौरवाट खटिएको प्रहरी गस्तिटोलिले बडहर्वा गाविस स्थीत बागमति नदीवाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

भन्सार नै नकाटेर अवैध रुपमा काठमाडौं तर्फ बिक्री गर्ने उदेशयले लैजादै गरेको अवस्थामा प्रहरीले सर्लाही हथियौल छनकी टोलका रघुविर महतो, धनपत मण्डल, अनिल कुमार यादव, धर्मकिशोर पटेल, कृष्णनन्दन राय, अवोध मण्डल र जगदीश पासवानलाई १२ वटा लैना भसी र १२ वटा पाडा सहित पक्राउ गरेको प्रहरी प्रमुख एसपि यज्ञ विनोद पोखरेलले बताए।

पक्राउ परेका भैसी र मानिसलाई आवशयक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको एसपि पोखरेलले बताए।

 

 

 

 

 

प्रकाशित: २४ मंसिर २०७३ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App